साउन ३१, काठमाडौ । नगरप्रमुख रमेश नापितले शंखरापुर नगरपालिकाकाे वार्षिक प्रगति समीक्षा कार्यक्रमकाे उद्घाटन गरेका छन् । मंगलबार काठमाडौकाे साँखुस्थित बक्ति बेम्बाे पार्टी प्यालेसमा गरिएकाे आर्थिक वर्ष २०७८/०७९ काे वार्षिक प्रगति समीक्षा कार्यक्रमकाे उपमेयर समिता श्रेष्ठसहित मेयर नापितले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।
वार्षिक समीक्षा कार्यक्रममा वडा नंबर १ देखि ९ सम्मका वडा सचिवहरूले वडागत वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।यस्तै नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य केन्द्रले प्रगति विवरणका साथै समस्याहरू प्रस्तुत गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रमेश गाैतम, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, नगरपालिकाका कर्मचारीहरू विभिन्न वडाका अध्यक्ष सहित नगर कार्यपालिकाका प्रतिनिधि सहभागी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्