बागमती प्रदेश सचिव डा. शरणकुमार पाण्डे शंखरापुर नगरपालिकाबाट सम्मानित

नयाँ पोस्ट
नयाँ पोस्ट १ भाद्र २०७९, बुधबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

साउन ३१, काठमाडौं ।
बागमती प्रदेशका सचिव डा.शरणकुमार पाण्डेलाई शंखरापुर नगरपालिकाले सम्मान गरेको छ । मंगलबार नगरपालिकाले गरेको आर्थिक वर्ष २०७८ /७९ को वार्षिक समीक्षा कार्यक्रममा नगर प्रमुख रमेश नापित, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, वडा नंबर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ लगायतले सम्मान गरेका हुन् ।
बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.पाण्डेले शंखरापुर नगरपालिकाका लागि रासायनिक मलको कोटा बढाउनका लागि महत्वपूर्ण सहयोग पु¥याएकोमा नगरप्रमुख नापितले मायाको चिनो, प्रमुख प्रशासकीय अधिकृत गौतम, नगरप्रवक्ता श्रेष्ठ लगायत नगरपालिकाका कर्मचारीले खादाद्धारा सम्मान व्यक्त गरेका हुन् ।
सचिव पाण्डेले शंखरापुर नगरपालिकामा पशुविकास भवन निर्माणका लागि ५० लाख र पशु विकास कार्यक्रममा २५ लाख रुपैयाँ बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
सो अवसरमा नगरप्रमुख रमेश नापितले प्रदेश सचिवले शंखरापुर नगरपालिकाको आवश्यकतालाई मध्यनजर गर्दै आफूले गरेको प्रस्ताव सहर्ष स्वीकार गरी रासायनिक मलको कोटा बृद्धि गरेकोमा आभार प्रकट गरे । विगतमा शंखरापुर नगरपालिकाले वार्षिक ५५ मेट्रिक टन रासायनिक मल पाउँदै आएकोमा अब १ सय ७९ मेट्रिक टन मल पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्