शंखरापुरका गाउँ–टोलमा पुगेर स्वास्थ्य सेवा दिँदैछौँ : मेयर रमेश नापित

नयाँ पोस्ट
नयाँ पोस्ट ७ भाद्र २०७९, मंगलवार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

भदौं ६, काठमाडौं ।
शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले नगरपालिकाको गाउँ टोलमा पुगेर स्वास्थ्य सेवा कार्यक्रम शुरु गर्न लागेको बताएका छन् ।
पोखरामा भएको साँखु सालीनदी यातायात प्रा.ली.को चौथो साधारणसभा कार्यक्रमलाई संवोधन गर्दै नापितले नगरबासीलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि घुम्ती स्वास्थ्य शिविर गर्न लागेको बताए ।
कार्यक्रममा बोल्दै उनले भने–‘शंखरापुरबासी स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित नहोउन भनेर गाँउ–टोल पुगेर हामीले मोबाइल (घुम्ती) स्वास्थ्य सेवा दिन लागिरहेका छौँ । जसबाट त्यहाँका ब्यक्तिले प्रत्यक्ष रुपमा लाभ लिन सक्छन् । स्वास्थ्य परिक्षण गर्ने बिशेषज्ञ डाक्टर सहितको टोली लिएर हामी गाँउ टोलमा जाँदैछौँ । जहाँ हामी इसिजी गर्छाैँ, विभिन्न ल्याव टेष्टहरु गर्छौँ । अव शंखरापुरका ग्रामिण भेगका जनताले स्वास्थ्यको चिन्ता मान्नुपर्ने अवस्था रहने छैन ।’
सो स्वास्थ्य शिविरमा स्वास्थ्य जाँचका साथै निःशूल्क औषधी वितरणको कार्य गरिने उनले बताए । आर्थिक रुपमा नगरपालिका कमजोर भएपनि यस्ता कार्यक्रम गर्नका लागि आफूले आँट गरेर अघि बढेको उनले बताए । उनले सो कार्य गर्नका लागि आफूले सबैको सहयोगको अपेक्षा गरेको बताए ।


यस्तै यस बर्षको नीति तथा कार्यक्रममा सडक स्तरोन्नतीका कामलाई बढी जोड दिईएको बताए । नागरिकको घर दैलोसम्म सडक पु¥याउन सडक बिस्तारको काम गर्न लागिरहेको उनले बताए ।
उनले यसअघि नगरपालिकामा ५५ मेट्रिक टन रासायनिक मल आउने गरेकोमा आफूले रासायनिक मलको कोटा बढाउन पहल गरेर अब १ सय ७९ मेट्रिक टन मल आउने जानकारी गराए ।
कृषि मन्त्रालयले रासायनिक मल कोटा बृद्धिको आधार मागेपछि आफुले जग्गा र कृषकको आधार देखापछि कृषि मन्त्रालय सो परिणामको मलको कोटा बृद्धि गर्न तयार भएको उल्लेख गरे । उनले साँखु सालीनदी सार्वजनिक यातायात सेवालाई अगाडि बढाउन के गर्न सकिन्छ त्यसका लागि आफू तयार रहेको बताए ।

यसैवीच मेयर नापितले शंखरापुरमा विभिन्न राजनीतिक दलहरुसँग आफू सहकार्य गरेर जान चाहेको बताएका छन् । उनले शंखरापुर नगरपालिकालाई अगाडि बढाउन सबै राजनीतिक दलको सहयोग सहकार्य आवश्यक रहेकोले आफू सबैसँग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्