शंखरापुर नगरपालिकामा अव्यवस्थित रुपमा राखिएका होर्डिङ बोर्ड हटाउने अभियान सुरु

नयाँ पोस्ट
नयाँ पोस्ट १५ भाद्र २०७९, बुधबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

भदौं १५, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र अव्यवस्थित रुपमा राखिएका होडिङ बोर्ड, पोष्टर, झण्डा, व्यानर लगायतका सामग्री हटाउन सुरु गरेको छ । भदौ १५ गते वडा नंबर ९ इन्द्रायणीदेखि अब्यवस्थित होर्डिङ बोर्ड हटाउन थालिएको शंखरापुर नगरपालिकाका नगर प्रहरी प्रमुख आङकाजी शेर्पाले जानकारी दिए ।
वडा नंबर ९ देखि क्रमशः वडा नंबर १ सम्म बिजुलीका पोल, सार्वजनिक स्थान कुरुप पार्नेगरी राखिएका त्यस्ता सामग्री हटाउने काम सुरु गरिएको उनले बताए ।

नयाँ पोष्ट डटकमसँग कुरा गर्दै नगर प्रहरी प्रमुख शेर्पाले भने–‘अव्यवस्थित होर्डिङ बोर्ड हटाउने अभियानको पहिलो दिन वडा नंबर ९ मा काम सकेका छौँ । क्रमशः अरु वडाहरुमा पनि यो काम जारी राख्दै जाने योजना छ । नगरप्रमुख ज्यू र प्रमुख प्रशासकीय अधिकृत ज्यूको निर्देशन अनुसार नगरपालिका भित्र अब्यवस्थित रुपमा राखिएको होर्डिङ बोर्ड लगायतका प्रचार सामग्री हटाउँदैछौँ ।’
नगरपालिकाका सार्वजनिक स्थान तथा बिजुलीका पोलमा अव्यवस्थित रुपमा होर्डिङ बोर्ड लगायतका प्रचार सामग्री राख्ने क्रम बढेपछि नगरपालिकालाई सफा राख्न नगरप्रमुख रमेश नापित र प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको निर्देशनमा यो अभियान सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्