साँखु महादेवस्थानको ढलान छिटो गराउन नगरप्रमुख नापितले गराए सडक डिभिजन प्रमुखलाई ध्यानाकर्षण

नयाँ पोस्ट
नयाँ पोस्ट १७ भाद्र २०७९, शुक्रबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

भदौ १७, काठमाडौ ।
शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले साँखु महादेव स्थान सडकको ढलान छिटो सम्पन्न गर्न सडक डिभिजन कार्यालय काठमाडौको ध्यानाकर्षण गराएका छन् । निर्माणधिन महादेवस्थानको बाटोको ढलान छिटो सम्पन्न गराउन शुक्रबार नगरप्रमुख रमेश नापित, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, ईन्जिनियर मिलन फुयाल सहितको टोलीले जिल्ला सडक डिभिजन काठमाडौ का प्रमुख नारायण प्रसाद निहुरे, ईन्जिनियर तुलाराम चौधरी र सो सडकका ठेकेदारसँग छलफल गरेका छन् ।
छलफलमा ढुङ्गाको समस्याको कारण काम रोकेको निर्माण व्यवसायीले बताएको उल्लेख गर्दै तत्काल ढुङ्गाको व्यवस्थापन गरि रोकिएको निमार्णको काम सुचारु गर्न र तोकिएकै समयमा निमार्ण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । सो सडकको निर्माणको ठेक्का नवजानुका देवी कन्स्ट्रक्सन प्रा. लीले पाएको थियो ।
कन्स्ट्रक्सनले ६ सय मिटर लम्बाइको उत्त सडकमा ढलान गर्नुे ठेक्का पाएपनि काम अलपत्र छोडेको थियो । सो कम्पनीले २०७९ मंसिर मसान्तसम्ममा काम सम्पन्न गर्ने म्याद पाएको छ । निर्माण ब्यवसायीले काम सुरू गरेर सडक अलपत्र पारेपछि सर्वसाधारण तथा सवारी चालकले सो सडक खण्डमा हैरानी पाउन थालेपछि सडक छिटो सम्पन्न गराउन मेयर नापितले सडक डिभिजन कार्यालय र निर्माण व्यवसायीलाई ताकेता गरेका हुन् । छलफलपछि सडक डिभिजन प्रमुख नारायण प्रसाद निउरे तथा निर्माण व्यवसायीले तत्काल सडक निर्माणको काम अघि बढाउन सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्