ललितपुर क्षेत्र नं ३(ख) प्रदेश प्रत्यक्ष उम्मेदवारमा कांग्रेसकी निरू खड्का बस्ताकाेटी सिफारिस

नयाँ पोस्ट
नयाँ पोस्ट २० भाद्र २०७९, सोमबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि ललितपुर जिल्ला क्षेत्र नं ३ प्रदेश (ख) बाट प्रत्येक्ष तर्फ निरू खड्का बस्ताकाेटीकाे नाम सिफारिस गरेकाे छ ।
उनी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् । साथै महिला संघ केन्द्रित सदस्य र सहमहामन्त्री प्रत्यासी पनि हुन् । आफु उम्मेदवारकाे रूपमा सिफारिस भएकाेमा खुसी ब्यक्त गर्दै उनले पार्टीले टिकट दिएमा बहुमतका साथ विजयी हुने विस्वास लिएकी छिन् ।
उनले २०४६ सालदेखि नेपाली कांग्रेसकाे राजनीति सुरू गरेकी हुन । उनले नेपाल महिला संघकाे केन्द्रीय सदस्यकाे भुमिका निर्वाह समेत गरेकी छिन ।
राजनीतिका साथै समाजसेवाकाे क्षेत्रमा समेत क्रियाशील उनले भूकम्पका बेला आफ्नाे क्षेत्रका साथै अन्य जिल्लाहरूमा पुगेर पाल, खाद्यान्न र जस्तापाता वितरण लगायतका काममा सहयाेग पुर्याएकी थिईन् ।
यस्तै काेभिड संक्रमणकाे बेला भएकाे लकडाउनका बेला धेरै नेपालीलाई सहयोग पुर्‍याएकी थिइन । नेपाली कांग्रेसकी उर्जाशील नेतृकी रूपमा अघि बढेकी उनलाई प्रदेश सभामा भूमिका निर्वाहका लागि पार्टीले अघि बढाउन लागेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्