अमेरिकी पूर्वराजदूत स्कट डेलेसी र मेयर नापितबिच भेटवार्ता

नयाँ पोस्ट
नयाँ पोस्ट २८ भाद्र २०७९, मंगलवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

भदौं २८ काठमाडौं ।
नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट डेलेसी र शंखरापुर नगरपालिकाका मेयर रमेश नापितबिच भेटवार्ता भएको छ । सोमबार शंखरापुर नगरपालिकाको कार्यालयमा श्रीमती डेजा डेलेसी सहित स्कट र मेयर नापितबिच छलफल भएको हो ।
सो भेटमा शंखरापुर नगरपालिकाको योजना, आवश्यकता र प्रथामिकताका विषयमा छलफल भएको शंखरापुर नगरपालिका वडा नंबर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
सो छदफलमा आगामी दिनमा शंखरापुर नगरपालिका होमनेट नेपाल र इन्गेज नेपालको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गर्ने बिषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्