पिपुल्स हाइड्रोपावरको आइपीओ आजदेखि खुला

नयाँ पोस्ट
नयाँ पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

पिपुल्स हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितहरुका लागि आज भदौ ३१ गतेदेखि ३२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ । आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीयको लागि कम्पनीले आईपीओ निष्काशन खुला गरेको हो ।

कूल निष्काशन मध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं ६ र ७ ९तत्कालिन ढोढेनी र फलेनी गाविस० का स्थानीय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता तथा लमजुङ्ङ जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्न लागिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

आईपीओमा छिटोमा असोज १४ गतेसम्म र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले सेबोनबाट सर्बसाधारण र आयोजना प्रभावित स्थानीयलाई ८० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्