समानुपातिक तर्फका उम्मेदवार को बन्द सूची बुझाउने आज अन्तिम दिन

नयाँ पोस्ट
नयाँ पोस्ट ३ आश्विन २०७९, सोमबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउनुपर्छ । आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६  दलको ६८ वटा निवेदन परेका छन्।  

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार राजनीतिक दलहरूले आजसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची पेस गरिसक्नुपर्ने छ । आज नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका प्रमुख दलले बन्द सूची पेस गर्नेछन् । 

आगामी चुनावबाट सङ्घीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ जना सदस्य निर्वाचित हुनेछन् । राजनीतिक दलहरूले बन्द सूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने गरी बन्द सूची तयार     गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्ने प्रावधान छ ।  

प्रतिक्रिया दिनुहोस्