चोलेन्द्रलाई राष्ट्रपति कार्यालयले दिएन प्रधानन्यायाधीशको हैसियत

नयाँ पोस्ट
नयाँ पोस्ट ३ आश्विन २०७९, सोमबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

राष्ट्रपति कार्यालयले पनि निलम्बित चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशको हैसियत दिएन । संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा चोलेन्द्रलाई निम्तो नदिइएको हो । कार्यक्रममा राष्ट्रपति कार्यालयले कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई औपचारिक पत्र पठाएर निम्तो गरिएको खुलेको छ ।

चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफ्नो निलम्बन स्वतः फुकुवा भएको दाबी गर्दै आफूमाथि लागेको महाअभियोग स्वत निस्क्रिय भइसकेको बताउदै आएका छन् । उनी अहिले पनि बालुवाटारस्थित सरकारी निवासमै छन् । राणा हाल निलम्बनकै अवस्थामा रहेकाले उनलाई खबर नगरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार जबरा नियमित कामका लागि सर्वोच्च जाने तयारी गरिरहेका थिए । तर सरकारले उनलाई सरकारी निवास बालुवाटारमै रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्