असोज ३, काठमाडौं ।
काठमाडौँको गोठाटारमा अज्ञात व्यक्तिको गो ली प्रहारबाट घाइते भएका व्यवसायीको मृत्यु भएको छ ।
काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गो ली लागी घाइते भएका सर्लाहीका लाल मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको हो । उनी सर्लाहीको गोडैता नगरपालिका-८ का स्थायी बासिन्दा रहेका थिए ।
शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
उनी गार्मेन्ट सञ्चालक रहेको पनि प्रहरीले जनाएको छ । मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि गो ली प्रहार गरेका थिए ।
उनको टाउकोको दायाँतर्फ २, दायाँ छातीमा १ र कम्मरमा एउटा गोली लागेको प्रहरीको भनाइ छ । मोहम्मद १० वर्ष जेल परेर ५ वर्षअघि रिहा भएको पनि प्रहरीले जनाएको छ ।
केही स्थानीयहरूले उक्त स्थानमा तीन राउन्ड गो ली चलेको दाबी गरेका छन् । घटनापछि उक्त स्थानमा स्थानीयहरूको भीड नै लागेको थियो ।
अहिले प्रहरी टोलीले घटनास्थलको भीड तितरबितर पार्दै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्