नागरिकता विधेयक प्रमाणीकरण नभएपछि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

नयाँ पोस्ट
नयाँ पोस्ट ५ आश्विन २०७९, बुधबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

राष्ट्रपतिले नागरकिता विधेयक पारित नगरेसंगै सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ८ः ३० बजेपछि बैठक सुरु भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनका नेताहरुको बैठक बसेको हो ।

संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक पनि प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा जुटेको छ । सत्ता गठबन्धनको बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा सिट बाँडफाँट कार्यदलका सदस्यहरु र सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्