नागरिकता सम्बन्धी विधेयकको मुद्दा शुक्रबार हेर्न नभ्याउने हुँदै आइतबारका लागि सरेको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश मनोज शर्माको इजलासमा पेसी रहेको मुद्दाको पालो आउन सकेन।
राष्ट्रपति विद्यादेवी भण्डारीसहितलाई विपक्षी बनाउँदै पाँच थान रिट सर्वोच्चमा दायर भएको थियो। अधिवक्ता सुनिलरञ्जन सिंहसहितको रिट पेसी चढेपछि अन्तिममा पालो परेको थियो। अन्तिममा परेका कारण सुनुवाइका लागि शुक्रबार पालो आएन।
प्रतिनिधि सभाको दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनसम्म होल्ड गरेर अन्ततस् जारी गरिनन्। राष्ट्रपतिको उक्त कदमले संविधानको धारा ११३ को उल्लंघन गरेको दाबी रिटमा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्