मेयर नापितद्धारा निर्माणाधीन जर्सिङपौवा स्वास्थ्य केन्द्रको निरिक्षण, काम छिटो सम्पन्न गर्न निर्देशन

नयाँ पोस्ट
नयाँ पोस्ट ८ आश्विन २०७९, शनिबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

असोज ८, काठमाडौं ।
शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले निर्माणाधीन जर्सिङपौवा स्वास्थ्यकेन्द्रको निरिक्षण गरेका छन् । शुक्रबार मेयर नापित, उपमेयर समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, प्रमुख महिला विकास अधिकृत निर्जला अधिकारी चुडाल, वडा नंबर ८ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, प्रमुख लेखा अधिकृत गोविन्द अधिकारी लगायतले सो भवनको निरिक्षण गरेका हुन् ।
सो अवसरमा नगरप्रमुख श्रेष्ठले गुणस्तरीय ढंगले समयमा काम सम्पन्न निर्देशन दिएका छन् । २०७८ असारदेखि सुरु भएको सो भवन निर्माणको काम यही असोज मसान्तभित्र सम्पन्न गर्नुपर्ने अन्तिम समयसीमा रहेको छ ।


१५ कोठा रहेको सो भवनलाई प्रयोगशालाका साथै सुत्केरी गराउने ‘बर्थिङ सेन्टर’को रुपमा प्रयोग गरिँदैछ । साथै सो भवनबाट ओपिडी सेवा, क्षयरोगको उपचार, खोप, सुरक्षित मातृत्वको सेवा दिने लक्ष्य लिइएको छ । छिट्टै ल्यावको उद्घाटन गर्ने तयारी छ । शिवालय प्रशान्त जेभी निर्माण व्यवसायीले १ करोड ५९ लाख ६१ हजार ४ सय ४४ रुपैयाँ बजेट सो भवन निर्माण गरिरहेको छ ।
यस्तै मेयर नापितले वडा नंबर १ नाङ्लेमा निर्माण भइरहेको सडक वाल, वडा नंबर १ को कार्यालयमा भइरहेको मर्मत संभारको काम र फोहोर मैला प्रशोधन केन्द्रको पनि निरिक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्