यो वर्षको ‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक पवनलाल श्रेष्ठलाई प्रदान गरिएको छ । साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक श्रेष्ठलाई शनिवार एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष राजु विष्ट र संरक्षक मिश्रीमाया विष्टले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका छन् । झन्डै २ दशक पत्रकारिता गरेवापत श्रेष्ठलाई १५ हजार नगद र सम्मानपत्रबाट पुरस्कृत गरिएको हो ।
पुरस्कार वितरण समारोहमा संस्थाका संस्थापक एवं साहित्यकार गायत्री विष्टले सो पुरस्कार आफ्ना बुबाको ईच्छा अनुसार उनले नै अक्षयकोषका रुपमा राखिदिएको पैसाबाट दिईएको जानकारी दिइन् । उनले भनिन्–‘बुबा जिवित हुँदा नै भूकम्पका कारण यो पुरस्कार घोषणा गर्न सकिएको थिएन । भूकम्प पछि घर भत्कियो जसले गर्दा झनै मुश्किलको सामना गर्नुप¥यो र पुरस्कार दिने विषयमा सोच्न सकिएन । बुबा बितिसकेपछि मात्रै पुरस्कार घोषणा गर्न साईत जु¥यो । बुबाको पुण्यतिथिमा प्रत्येक वर्ष दिइनेगरि गत वर्षबाट यो पुरस्कारको स्थापना गरिएको हो ।’
स्व. कमलबहादृुर विष्ट नृत्य, संगित, साहित्यमा रुची राख्ने भएकैले यो पुरस्कार विभिन्न विधामा दिने निर्णय भएको समेत उनले बताइन् । पुरस्कृत पत्रकार श्रेष्ठले आफुलाई २० वर्षभन्दा धेरै सक्रिय पत्रकारिता गरेवापत दिइएको सो पुरस्कारको भारी गहु्रंगो अनुभव भएको बताए । उनले कुनै पनि पुरस्कारको राशी कति छ भन्दा पनि त्यो पुरस्कारको ओज कति छ भन्ने विषयले महत्व पाउने बताउँदै पुरस्कृत गरेकोमा धन्यवाद ज्ञापन गरे ।
पत्रकार श्रेष्ठले काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगमा आधारित भएर दुई दशकदेखि निरन्तर सक्रिय पत्रकारिता गर्दैै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्