असोज १२, काठमाडौं ।
अघिपछिका दिन कार्यालयमा काम गर्ने, विकास आयोजना स्थलमा पुगेर कामको निरिक्षण गर्ने र जनताका गुनासो सुनेर समाधानको लागि पहल गर्ने शंखरापुर नगरपालिका प्रमुख रमेश नापित बुधबार सालीनदी मन्दिर आसपासबाट साँखु बजारसम्म सरसफाईमा जुटे । फोहोर भएको मन्दिर परिसर, सडक, चोक, डबली जस्ता स्थानमा झाडु लगाउनेदेखि सालीनदी मन्दिरदेखि साँखु बजारका केही स्थानमा फोहोरमैला संकलनको काम गरे ।
सन्दर्भ थियो शंखरापुर नगरपालिका वातावरण उपशाखाद्धारा आयोजित साँखु बृहत नगर सरसफाई कार्यक्रम । नियमित रुपमा सरसफाई गरौं भनेर जनचेतना जगाउनका लागि उनीहरुले यसरी सरसफाई कार्यक्रम गरेका हुन् । सो सरसफाई कार्यक्रममा उपमेयर समिता श्रेष्ठ, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनाल सहित नगरपालिकाका कर्मचारीहरुले सामुहिक रुपमा सरसफाईमा खटिए । उनीहरुको सरसफाई अभियानलाई साँखु प्रहरीले पनि साथ दिएको थियो ।
सालीनदी मन्दिर परिसर सरसफाई गरेर उनीहरुले साँखु बजार सरसफाई गरेका थिए । सो अवसरमा नगरप्रमुख रमेश नापितले नगरपालिकालाई सफा स्वच्छ राख्नका विभिन्न कार्ययोजना बनाएर अघि बढ्ने बताए ।
हेर्नुहोस फोटो र भिडियो :








भिडियो :
प्रतिक्रिया दिनुहोस्