असोज १३, काठमाडौं ।
सफा, स्वच्छ नगरपालिका बनाउने अभियान अन्तर्गत शंखरापुर नगरपालिकाले तत्काल २० ट्रिपर फोहोर ल्याण्डफिल्ड साइट पठाउन थालेको छ ।
शंखरापुर नगरपालिकाको फोहरमैला ब्यवस्थापन गर्ने ‘ब्लु वेष्ट टु भ्यालु प्रा.लि.लाई तत्काल घर पसलको फोहर उठाई सक्न निर्देशन दिईको नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
संकलन भएको २० ट्रिपर फोहर ल्याण्डफिल्ड लान नगरपालिकाले सहयोग गर्न लागेको उनले बताए ।
बिहिबार शंखरापुर वडा नं ६, ७ र ९ मा गरी ४ ट्रिपर फोहर संकलन गरिएको छ भने भोली शुक्रबार शंखरापुुर वडा नं ३ मा फोहर संकलन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यसअघि ल्याण्डफिल साइट बन्द भएका बेला साँखु चिहानपाटीस्थित सो कम्पनीको फोहर संकलन केन्द्रमा ६ महिनादेखि जम्मा भएको फोहोर व्यवस्थापनका लागि पनि नगरपालिकाले १८ ट्रिपर फोहर ल्याण्डफिल साईड लान सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्