शंखरापुर नगरपालिकाले सञ्चालन गरेको ‘मेयरसँग नि:शुल्क घरदैलो स्वास्थ्य सेवा’ कार्यक्रम अन्तर्गत बिहीबार वडा नं १ को ढुङ्गाना टोलमा स्वास्थ्य परीक्षण भएको छ । कार्यक्रम अन्तर्गत सो टोलका ७९ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । स्वास्थ्य परीक्षणमा पुरुष ४९ जना र महिला ३० जना सहभागी भएका थिए । स्वास्थ्य परीक्षण पश्चात् निःशुल्क औषधी वितरण गरिएको पनि प्रवक्ता श्रेष्ठले बताए ।
नगरपालिकाले नगर वासीलाई रोग नलागोस् भन्ने उद्देश्यका साथ ‘मेयरसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा’ कार्यक्रम सुरु गरेको छ । असोज ७ गतेबाट नगरपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सेवा कार्यक्रम सुरुवात गरेको थियो । नगरप्रमुख रमेश नापितले शंखरापुर नगरपालिका वडा नम्बर १ छाप भन्ज्याङमा सो कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्