असोज २७, काठमाडौं ।
शंखरापुर नगरपालिकाले वडा नंबर ६ साँखुमा अवैध ढंगले सञ्चालन भइरहेको बंगुर फार्ममा डोजर चलाएको छ । बिना दर्ता सञ्चालन भइरहेका बंगुर फर्म हटाउन पटक पटक ताकेता गर्दापनि नहटाएपछि बिहिबार नगरपालिकाले सालीनदी किनारमा सञ्चालन भइरहेका बंगुर फर्ममा डोजर चलाएको नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
नगरप्रवक्ता श्रेष्ठले भने–‘नगरपालिकाले पटक–पटक फर्म हटाउन ताकेता गरेको थियो । नगरपालिकामा बोलाएर हटाउनका लागि छलफल पनि गरेको थियो । बस्ती र खोला छेउ बंगुर पालेर प्रदूषण फैलाएको भनेर २ बर्षदेखि स्थानीयबासीले गुनासो गर्दै आएका थिए । मानव बस्ती र खोला नजिक बंगुर पालन नगरी त्यस्ता ठाँउभन्दा पर बैकल्पिक क्षेत्रमा पालन गर्न अनुरोध गर्दा पनि नमानेपछि डोजर चलाएको हो ।’
शंखरापुर नगपालिका प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, साँखु प्रहरी प्रभाग प्रमुख जनक पुरी लगायतको उपस्थितिमा बंगुर फर्ममा डोजर चलाइएको हो । फर्म संचालकलाई हटाउनका लागि ३ महिना समय दिँदा पनि सो अवधीमा नहटाएकोले सबै प्रक्रिया पु¥याएर हटाउने काम भएको उनले बताए ।
२०७८ सालमा नगरपालिकाको बोर्ड बैठकबाट सो नगरपालिकामा ब्यवसायिक ढंगले बंगुर पाल्न नदिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । बाँकी रहेका बंगुर फर्मलाई एकसाता भित्र सो क्षेत्रबाट अन्यत्रै फर्म सार्नका लागि समय दिइएको छ ।





प्रतिक्रिया दिनुहोस्