नेपाल संवतको अवसरमा साँखु जेसिसले मोटरसाइकल र्‍याली गर्ने

नयाँ पोस्ट
नयाँ पोस्ट ८ कार्तिक २०७९, मंगलवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

काठमाडौं ८, काठमाडौंं ।
काठमाडौंको शंखरापुरस्थित साँखु जेसीसले यही कार्तिक ९ गते नेपाल सम्वत ११४३ को अवसरमा भिन्तुना मोटर साईकल र्‍यालीको आयोजना गर्ने भएको छ ।
कार्तिक ९ गते मध्यान्न १२ बजे साँखुको पुरानो बजार साल्खाटोलबाट सुरु भई साँखु बजार परिक्रमापछि लप्सेफेदी, पालुवाबारी, सलम्बुटार हुँदै इन्द्रायणी, सानागाउँ, लाकिला, सुकेखोला हुँदै ईल्लाटोलबाट साँखु बजारमा प्रवेश गरी साल्खा टोलमा पुगेर समापन हुने जेसीसका अध्यक्ष जयराम श्रेष्ठले जानकारी दिए ।
नेपाल संवतका प्रणेता तथा नेपाल राष्ट्रिय बिभुति शंखधर साख्वाको समाज प्रतिको योगदानलाई सम्मान गर्दै नेपाल संवत ११४३ न्यूँ दया भिन्तुना को उपलक्ष्यमा बिगतमा झैँ मोटरसाइकल र्‍याली गर्न लागेको उनले बताए ।
मोटरसाईकल ¥यालीका बारेमा थप जानकारीका लागि नीरज श्रेष्ठलाई सम्पर्क गर्न सकिनेछ । मोटरसाइकल ¥यालीमा सहभागी हुन र सो कार्यक्रमको प्रचार प्रसार गरी सहभागीलाइ स्वागत गर्न, अधिक जनसहभागीता जनाई आवश्यक सहयोग गर्न समेत साँखु जेसिजले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्