राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जसले देशका बेथिति अन्त्य गर्न सक्छ, उसैमा आफ्नो पार्टीलाई विलीन गरिदिन आफू तयार रहेको बताएका छन् ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव लक्षित गरेर बिहीबार काठमाडौंमा घोषणा पत्रको रूपमा ‘वाचा पत्र’ सार्वजनिक गर्दै लामिछानेले आगामी चुनावबाट संसदमा जान आफूहरू तम्तयार रहेको बताए ।
जनताले पिउने पानी, बत्ती, शिक्षा र उपचार जस्ता सामान्य कुरा माग गरिरहेकाले वाचा पत्रमा जनताका त्यही माग समेट्ने वाचा गरिएको उनले बताए ।
ती कुरा जनताको अधिकार भए पनि अहिले राजनीतिक दलका नेताहरूले घोषणा पत्रमार्फत ती कुरा दिने आश्वासन बाँडेको भन्दै लामिछानले अन्य दलका घोषणा पत्रमाथि प्रश्न उठाएका छन् ।
आफूले छोटो समयमा ६२ जिल्लामा पार्टी विस्तार गर्न सकेको र त्यसले आगामी चुनावमा राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस्