पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पुर्टो रिकाले आफ्नो विवाहको खबर सार्वजनिक गरेर प्रशंसकलाई अचम्मितका साथै उत्साहित बनाएका छन् । यी दुईले इन्स्टाग्राममा आफूहरु विवाहित भएको खुलासा गरेका छन् ।
मरियाना भारेला र फाबियोला भ्यालेन्टिनको भेट थाइल्याण्डमा सन् २०२० मा आयोजित मिस ग्रान्ड इन्टरनेशनलमा भएको हो । त्यतिबेला यी दुईले क्रमशः अर्जेन्टिना र पुर्टो रिकोलाई प्रतिनिधित्व गरेका थिए । शीर्ष १० मा पुगेका यी दुबै सोसल मिडियामा जोडिए । निकै मिल्ने साथी पनि भए । तर धेरैलाई के थाहा थिएन भने यी दुईले त्यतिबेलादेखि नै एक–अर्कालाई डेट गरिरहेका थिए ।
यी दुईले इन्स्टाग्राममा एउटा रिल सेयर गरेका छन् जसमा उनीहरुलाई निकै रोमान्टिक अन्दाजमा देखिएको छ । यी दुईले अक्टोबर २८ मा पुर्टो रिकोमा विवाह गरेका हुन् ।
‘हाम्रो सम्बन्धलाई गोप्य राख्ने निर्णयसहित, हामीले यसको ढोका हाम्रो विशेष दिनमा खोलिदिएका छौँ,’ स्प्यानिसमा भाषामा क्याप्सनमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्