राष्ट्रिय स्वतन्त्र पार्टीकाे नारा – ‘भ्रष्टाचार गरिन्न, गर्नेलाई छाडिन्न’

नयाँ पोस्ट
नयाँ पोस्ट १७ कार्तिक २०७९, बिहीबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष लामिछानेले चुनाव लक्षित घोषणा पत्रलाई ‘हामी र हाम्रो बाचा’को नाम दिएर सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अहिले अभ्यास भइरहेको शासकीय स्वरूपमा प्रश्न उठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले वडाअध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिनुपर्ने, राष्ट्रिय सभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने प्रस्ताव गरेको छ । ‘बाचा पत्र’मा लामिछानेले पार्टी स्थापनाको पृष्ठभूमिसँगै विगत ५ वर्षको समीक्षा र अबको ५ वर्षमा आफूले गर्ने कामको बाचा उल्लेख गरेका छन् ।

घोषणापत्रमा उनले २३ वटा बाचा उल्लेख गरेका छन् । निर्वाचन प्रक्रियामा सुधारसहित अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था हुनुपर्ने भनेका छन् ।

लामिछानेले ‘भ्रष्टाचार गरिन्न, गर्नेलाई छाडिन्न’ भन्ने नारा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्