प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि चुनावी अभियान थालेका छन् । चुनावी अभियानको क्रममा उनी आज डडेल्धुरा पुग्दैछन् । श्रीमती आरजु राणा देउवामार्फत मनोनयन दर्ता गराएका देउवा आजदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने सभालाई सम्बोधन गर्नेछन् ।
भोलि बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने देउवाको कार्यक्रम छ ।
अहिले डडेल्धुरा पुग्दै गरेका देउवालाई उनकै प्रतिष्पर्धी सागर ढकाल पनि स्वागतका लागि उभिएका छन् । देउवा केही बेरमा त्यहाँ पुग्ने छन् ।
विदेशमा पनि यस्तो संस्कार रहेको बताउँदै ढकालले, उनले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने बताए । प्रतिस्पर्धी ढकालले राजनीतिक संस्कारका लागि यस्तो गरेको पत्रकारहरूलाई बताए।
प्रतिक्रिया दिनुहोस्