नगरप्रमुख नापितबाट शंखरापुरको पाङ्ग्रेबास–लाँकुरीबोट सडक कालोपत्रे गर्ने कामको अनुगमन

नयाँ पोस्ट
नयाँ पोस्ट १४ मंसिर २०७९, बुधबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

मंसिर १४, काठमाडौं ।
शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले वडा नम्बर १ नाङ्लेभारे स्थित पाङ्ग्रेबास–लाँकुरीबोट सडक कालोपत्रे गर्ने कामको अनुगमन एवं निरिक्षण गरेका छन् । बुधबार नगरप्रमुख नापित, वडा नम्बर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष वेदनारायण दंगालले अनुगमन गरेका हुन् । सो अवसरमा नगरप्रमुख नापितले गुणस्तरीय ढंगले काम गर्न निर्देशन दिएका छन् ।
पाङ्ग्रेबासदेखि लाँकुरीबोटसम्म ४ मिटर चौडाई र ८४८ मिटर लम्बाईको आसपाल्ट कङक्रिट सिङ्गल कालोपत्रे गरिएको हो । यसअघि नै ४ मि चौडाई र १८७ मिटर ढलान सम्पन्न भएको र दुबै गरि १ हजार ३५ मिटर लम्बाई सडकको काम नगरस्तरिय योजनाबाट सम्पन्न गरिएको नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
कुल १ करोड १७ लाख रुपैयाँ बजेटमा गाँउले कन्स्ट्रक्सन प्रालीले सो सडक कालोपत्रे गरेको हो ।
हेर्नुहोस, तस्विरहरु :

प्रतिक्रिया दिनुहोस्