थलीमा आन्दोलनको नेतृत्व गर्दै राप्रपा नेतृ कुन्ती पोखरेल, कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी

नयाँ पोस्ट
नयाँ पोस्ट २५ मंसिर २०७९, आईतवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

मंसिर २५, काठमाडौं
काडमाडौंको साँखु–चावाहिल सडक अन्तर्गत थली खण्डमा सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै स्थानीयले विरोध प्रर्दशन गरेका छन् । ३ दिनदेखि जारी बिरोधका क्रममा आइतबार कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
बर्र्षाैदेखि सडक खनेर अलपत्र अवस्थामा छाडिएपछि सडक कालोपत्रेको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाकी नेतृ कुन्ती पोखरेलले जानकारी दिइन् ।
नगरपालिका कार्यालय अगाडिको बाटो नै कालोपत्रे नभएका कारण हिँउदमा धुलो र बर्षामा हिलोले स्थानीय हैरान हुने गरेका कारण सो समस्या समाधान हुने निश्चित नभएसम्मका बिरोध जारी राख्ने पोखरेलले बताइन् ।
हालै प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ अन्तरगत पर्ने सोही क्षेत्रमा प्रतिस्पर्धा गरेकी राप्रपाकी उम्मेदवार रहेकी पोखरेलले चुनावमा पराजित भएपनि सो क्षेत्रका जनताको सुख दुःखमा साथ दिने उल्लेख गर्दै बलियो प्रतिपक्षको रुपमा खडा हुने उल्लेख गरिन् ।
उनले भनिन्–‘बर्र्र्षौदेखि यहाँको सडक अलपत्र अवस्थामा छोडिएको छ । नगरपालिकाको कार्यालय अगाडि भएपनि नगरपालिकाले कुनै पहल नगरेका कारण कार्यालयमा ताला लगाउनु परेको हो । आफ्नो क्षेत्राधिकार बाहिरको बाटो भनेर नगरपालिका पन्छन पाउँदैन । नगरपालिकाले आफ्नो नगरभित्रको बाटोको जिम्मा लिनुपर्छ भनेर सम्झाउँनका लागि तालाबन्दी गरिएको हो ।’
चावाहिल–साँखु सडक खण्डमध्ये थली क्षेत्रमा झन्डै १ किलोमिटर कच्ची अवस्थामा रहेको छ । बाटो कालोपत्रे नहुँदा हरेक वर्ष सो खण्डमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्