साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न

नयाँ पोस्ट
नयाँ पोस्ट २५ मंसिर २०७९, आईतवार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

मंसिर २५, काठमाडौं ।
काठमाडौंको शंखरापुरमा रहेको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
समिति हस्तान्तरण पछिको तेस्रो तथा स्थापनापछिको पाचौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । समितिको कार्यसमितिका अध्यक्ष दिनेशलाल श्रेष्ठको सभापतित्वमा शनिवार साँखुमा भएको साधारण सभाले दुई आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ भने अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । अघिल्ला बर्षहरुमा कोभिडका कारण पारित हुन नसकेको आर्थिक प्रतिवेदन यही साधारण सभाबाट पारित गरिएको अध्यक्ष श्रेष्ठले नयाँपोष्टलाई जानकारी दिए ।

समितिले आगामी अधिवेशनका लागि नयाँ सदस्यता आह्वान गर्ने, अधिवेशनमा समितिको बिधान संसोधन गर्ने निर्णय पनि भएको छ ।
समितिको साधारणसभामा प्रमुख अतिथिका रुपमा नवनिर्वाचित काठमाडौं क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य राजु बिष्ट रहेका थिए । यस्तै बिशिष्ट अतीथिहरूमा शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ रहेका थिए । अतिथिहरूमा डा.माधबनारायण श्रेष्ठ, वडा नं ७ अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ, वडा नं ६ अध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नं ३ अध्यक्ष्य सुर्य बहादुर तामाङ, समाजसेवी गोबीन्द प्रसाद श्रेष्ठ, सालीनदी यातायात प्रा.लीका अध्यक्ष गोविन्द बहादुर श्रेष्ठ लगायत रहेका थिए ।
सो साधारण सभालाई सफल बनाउनका लागी आफ्नो अमूल्य समय दिने अतिथिहरुलाई कार्यसमिति अध्यक्ष दिनेश लाल श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् ।
साँखु उपभोक्ता समितिले साँखु बजार र त्यस आसपासका क्षेत्रहरुमा दैनिक १६ देखि २० लिटर पानी वितरण गरिरहेको छ । विगतमा ४ सय खानेपानीको धारा रहेकोमा हाल १ हजार ६५ वटा धारा पु¥याइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ति धाराका साथै थप १९ वटा सार्वजनिक धारा समेत सञ्चालनमा रहेको उनले बताए । साँखुमा खानेपानी वितरणका लागि २०६२ सालमा उपभोक्ता समिति गठन भएको थियो । २०७५ साल जेठ १९ गते उपभोक्ता समितिको अध्यक्षमा दिनेशलाल श्रेष्ठको कार्यसमिति निर्वाचित भएर आएपछि खानेपानी व्यवस्थापन तथा वितरणमा ठूलो प्रगति भएको छ ।

प्रतिक्रिया दिनुहोस्