मेयर नापित र कार्यकारी निर्देशक राणाबीचको भेट : शंखरापुरमा दिगो खानेपानी व्यवस्थापनबारे छलफल

नयाँ पोस्ट
नयाँ पोस्ट २ पुष २०७९, शनिबार
पढ्न लाग्ने समय 3 मिनेट
Aa

पौष २ काठमाडौं ।
काठमाडौंको शखरापुर नगरपालिकाको साँखु क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि महत्वपूर्ण काम गर्नेबारे छलफल भएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणा र शंखरापुर नगरपालिकाका मेयर रमेश नापितबीच शंखरापुरमा खानेपानी व्यवस्थापनका बारेमा छलफल भएको हो ।
शुक्रबार साँखुमा भएको सो भेटघाटमा शखरापुरका सबै क्षेत्रमा बृहत र दिगो रुपमा कसरी खानेपानीको व्यवस्थापन गर्ने र त्यसका लागि अध्ययन गर्ने भन्ने बारेमा छलफल भएको कार्यकारी निर्देशक राणााले जानकारी दिए । सुरुमा सो कामको अध्ययनको लागि नगरपालिकाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डलाई अनुरोध गर्ने र त्यसपछि बोर्डले काम सुरु गर्ने योजना रहेको उनको भनाई छ ।

मेयर रमेश नापितसँग साँखु र शंखरापुर क्षेत्रमा खानेपानीको विकासका लागि पहिलेदेखि नै कुरा भइरहेको र शुक्रबारपनि त्यसबारेमा समसामयिक छलफल भएको कार्यकारी निर्देशक राणाले जानकारी दिए । नगरपालिकामा भएको छलफलपछि राणाले साँखुमा वितरण भइरहेको खानेपानीको मुहान स्थलको स्थलगत अवलोकन गरेका छन् ।

साँखु खानेपानीको विकासमा ट्रिटमेन्ट प्लान्ट अपग्रेड गर्नेदेखि मिटर राख्नेसम्मको काम हुने

साँखु खानेपानी विकासका लागि ट्रिटमेन्ट प्लान्टलाई अपग्रेड गर्ने काम गर्ने योजना रहेको कार्यकारी निर्देशक राणाले बताए । यो बर्ष डिजाइनको काम हुने र अर्को बर्षदेखि काम सुरु हुने उनले बताए ।
पानी स्वच्छ बनाउँनका लागि पानीमा हुने किटाणु मार्ने युनिट राख्ने सो काम यही आर्थिक बर्षमा सम्पन्न हुने लक्ष्य राखिएको उनले बताए ।
यस्तै २ फेजमा खानेपानी पाइपमा मिटरिङ गर्ने योजना राखिएको छ ।
। पानीको सदुपयोग गर्नका लागि खानेपानीको मुहान स्थलबाट वितरण हुने पाइपलाइन तथा घरका धारामा मिटर राख्ने योजना रहेको र यो काम २ फेजमा पूरा हुने कार्यकारी निर्देशक राणाले जानकारी दिए । यस्तै यसैबर्ष खानेपानी भवन निर्माणको काम सम्पन्न गर्ने योजना रहेको उनले बताए ।
यसका साथै शंखरापुर वडा नंबर ६ र ७ मा रहेका ढुङ्गेधारा र पोखरी संरक्षणका लागि आपसी सहकार्यमा काम गर्नेबारे छलफल भएको उनले बताए ।

सो अवसरमा कार्यकारी निर्देशक संजीव बिक्रम राणाका साथै महाङ्काल चौर शाखा प्रमुख नारायण कर्ण, महाङ्काल चौर शाखाका ईन्जिनियर हेम बुढाथोकी, प्रदेश सभा सदस्य राजु बिष्ट, शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, कार्यकारी अधिकृत बासुदेब खनाल, वडा नं ७ का अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नं ३ का अध्यक्ष सुर्यबहादुर तामाङबीच छलफल भएको थियो ।
फेदीस्थीत साँखु खानेपानी मुहान क्षेत्र अवलोकन भ्रमण गर्नुको साथै शुद्ध खानेपानी बितरण, शंचालन, मुहान क्षेत्रको थप ब्यवस्थापन गर्ने विषयका साथै शंखरापुर नगरपालिकाको ९ वटै वडामा खानेपानी समस्या समाधान गर्ने विषयमा विविध छलफल गरेको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिनेशलाल श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्