त्रि–ज्योती स्कुलले गरेको तेश्रो त्रि–ज्योती फेष्ट एक्पो–२०७९ भब्यताका साथ सम्पन्न (फोटो/भिडियो)

नयाँ पोस्ट
नयाँ पोस्ट ९ पुष २०७९, शनिबार
पढ्न लाग्ने समय 3 मिनेट
Aa

पुस ९ काठमाडौं ।
काठमाण्डौको कपनमा रहेको त्रि–ज्योती स्कूलले तेश्रो त्रि–ज्योती फेष्ट एक्पो २०७९ भब्यताका साथ सम्पन्न भएको छ । पुस ८ गते शुक्रबार बिद्यालयको प्राङ्गडमा भएको तेश्रो त्रि–ज्योती फेष्ट २०७९ जहाँ बिज्ञानले संस्कृति भेट्छ नाम दिइएको फेस्टिभलमा बिद्यार्थीहरुले बैज्ञानिक आविष्कारका साथै विभिन्न सांस्कृतिक विषयबस्तुहरु स्टल मार्फत प्रर्दशन गरेका थिए ।
बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा प्रमुख अतिथि रहेको सो कार्यक्रममा विद्यालयका शिक्षकले दिएको आइडिया अनुसार बिद्यार्थीहरुले आफैले आविष्कारका कुरा र सांस्कृृतिक विषय प्रर्दशनका विषयबस्तु र स्टलको व्यवस्थापन गरेका थिए । कितावी ज्ञान भन्दापनि व्यवहारिक रुपमा लागू गरेर सिकाई स्थापित गर्न, बिद्यार्थीलाई घोकन्ते शिक्षा मात्र नभई व्यवहारिक शिक्षा दिनका लागि यो कार्यक्रम आयोजना गरिएको त्रिज्योती स्कुलमा प्रधानाध्यापक गणेशप्रसाद मिश्रले जानकारी दिए ।


प्रधानाध्यापक मिश्रले भने–‘कक्षा कोठामा दिइने कितावी ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञान दिनुपर्छ । खासगरी प्रयोगात्मक शिक्षा दिनुपर्छ भन्ने उदेश्यले व्यवहारिक जिवनमा उपयोगी हुने उदेश्यले हाम्रा संस्कृतिहरु, हाम्रा चाडपर्व, रितिरिवाजहरु, परम्पराहरु र त्यतिमात्र नभएर विज्ञानले दिइरहेको नयाँ तथ्यहरुको बारेमा खोज अनुसन्धान गर्ने, त्यसमा चासो लिने भावना पनि विद्यार्थी भाई बहिनीमा आउन सकोस भनेर हामीले यस्ता रचनात्मक कार्यक्रम गर्दै आइरहेका छौँ ।’

मिश्रले कार्यक्रमको उदेश्य नेपालका मौलिक रितिरिवाजहरु, हाम्रा चालचलनहरु, हाम्रा पारम्परिक मूल्य र मान्यताहरुको संरक्षण र जगेर्ना गर्दै नयाँ विज्ञान प्रविधिसँग पनि बालबालिकालाई परिचित गराउँदै हाम्रो संस्कृति र विज्ञानलाई जोडेर अघि बढ्ने उदेश्यले त्रिज्योती स्कूलले यस्तो कार्यक्रम गरेको जानकारी गराए ।
आजको समयका बालबालिकालाई दक्ष, ज्ञानवान, सीपवान र व्यवहार उपयोगी हुने शिक्षा दिनुपर्ने र त्यसका लागि त्रिज्योती स्कूलले यस्तो कार्यक्रम गरेको उनले बताए ।
झन्डै १६ सय हाराहारी बिद्यार्थी र अभिभावकले सो एक्पोको अवलोकन गरेका छन् । उनले बिद्यालयले प्रत्येक बर्ष यस्ता कार्यक्रमहरु गर्दै जाने जानकारी दिए ।


सो कार्यक्रममा अन्य विभिन्न ३० ओटा बिद्यालयका बिद्यार्थीले बिज्ञान तथा सांस्कृतिक फेष्टिभलको अवलोकन गरेको बिद्यालयका निर्देशक ताराप्रसाद सुवेदीले जानकारी दिए । उनले फेस्टिभलमा धर्मसंस्कृति र बिज्ञानका कुराहरुलाई एक ठाउँमा जोडेर विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गरिएको बताए ।
सो फेस्टिभलमा परम्परागत घरमा कसरी मोही पार्ने, कसरी खाना बनाउने सन्र्दभका स्टलहरु सहित विभिन्न धर्म, संस्कृति बुझाउने स्टलहरुका साथै बिज्ञान प्रर्दशनी गरिएको थियो ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेको त्रिज्योती स्कूलले २०५१ सालदेखि गुणस्तरीय शिक्षा दिइरहेको छ ।

हेर्नुहोस फोटो र भिडियो :

प्रतिक्रिया दिनुहोस्