प्रतिनिधि सभाका सांसदहरुले यस्तो पाउँछन् सुविधा

नयाँ पोस्ट
नयाँ पोस्ट १३ पुष २०७९, बुधबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

१३ पुस, काठमाडौं ।

आगामी ५ बर्षका लागि प्रतिनिधि सभाको सुरु भएको छ । प्रतिनिधि सभामा हाल २७५ सांसद रहेका छन् भने १ जना सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् ।

प्रतिनिधि सभा सदस्यले के कस्तो सुविधा पाँउछन् धेरैको रुची छ । सांसदहरुले के के सुविधा पाउँछन्, आउनुहोस यसबारे थाहा पाऔं ।

संघीय संसद सचिवालयका उपसचिव एवं सहायक प्रवक्ता दशरथ धमलाले प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमिकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँने बताएका छन् । यसमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ थपिँदा ७२ हजार ७० रुपैयाँ हुन्छ ।

काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ आवास सुविधा पाउँछन् भने उपत्यकामा घर हुनेहरुले मर्मत खर्च भनेर ९ हजार रुपैयाँ पाउँने व्यवस्था रहेको छ ।
प्रतिनिधिसभा र संसदीय समितिको बैठकमा उपस्थिति हुँदा बैठक भत्ता बापत १ हजार रुपैयाँ र आवतजावतका लागि थप १ हजार रुपैयाँ पाउछन् ।

सांसद निर्वाचित भएर आएपछि एकपटकका लागि फर्निचर खर्च एकमुस्ट १५ हजार रुपैयाँ, थप सुविधाको रुपमा सांसदको दैनिक कामकाजमा सघाउने सचिवालयमा राजपत्रांकित तृतीय श्रेणी सरहको स्वकीय सचिव नियुक्त गर्न दिनेछ । स्वकीय सचिवको सेवा सुविधा स्वयं स्वकीयको नै खातामा हालिदिने गरिएको छ ।

सांसदहरुले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमणभत्ता बापत २ हजार ५०० पाउनेछन् भने विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउनेछन् ।

सांसदहरुले उपचार खर्च पनि पाउने छन् । कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ । त्यस्तै अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिल अनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्