शंखरापुर नगरपालिकाद्धारा प्रतिनिधि सभाका ३ सांसदलाई सम्मान

नयाँ पोस्ट
नयाँ पोस्ट २८ पुष २०७९, बिहीबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

पुस २८, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाले काठमाडौं क्षेत्र नम्बर २ का नवनिर्वाचित ३ सांसदलाई सम्मान गरेको छ । बिहिबार नगरपालिकाले इन्द्रायणीमा गरेको आठौँ नगरसभा कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टीकी सांसद शोविता गौतम, मन्दिरा राना र नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमलाई सम्मान गरिएको हो ।
शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले संयुक्त रुपमा टिका, खादा र सम्मानपत्रबाट सम्मान गरेका हुन् ।
नगरसभाबाट शिक्षा तथा नगर प्रहरीसम्बन्धी नीति बनाउँन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्