बोझिनीबासीको आन्दोलन शान्तिपूर्ण समाधानको पहल गर्नेबारेको सार्वजनिक महत्वको प्रस्ताव शंखरापुर नगरसभाबाट सर्वसहमतिले पारित

नयाँ पोस्ट
नयाँ पोस्ट २८ पुष २०७९, बिहीबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

पुस २८, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाको जहरसिंह पौवा बोझिनीमा भइरहेको आन्दोलन शान्तिपूर्ण रुपमा समाधानका लागि पहल गर्नेबारेको सार्वजनिक महत्वको प्रस्ताव शंखरापुर नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
बिहिबार इन्द्रायणीमा बसेको आठौं नगरसभामा नगरप्रवक्ता एवं वडा नम्बर ६ का प्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रस्तुत गरेको सो प्रस्ताव पारित भएको हो ।
शंखरापुरका नगरपलिका वडा नम्बर ३ मा प्रस्तावित लप्सेफेदी–चाँगुनारायण सव स्टेशन निर्माण आयोजनाको सम्बन्धमा स्थानीय बासिन्दालाई प्रहरी दमन गर्ने राज्यको नीति प्रति नगरपालिकाको तर्फबाट गंभीर ध्यानाकर्षण गरिएको छ । उक्त आयोजनाको सम्बन्धमा स्थानीय वासिन्दाबाट भएका मागहरुलाई संवादको माध्यमबाट संवोधन गरी समस्याको शान्तिपूर्ण यथाशीघ्र समाधान गर्न सम्बन्धित निकायहरुलाई जिम्मेदवार भइदिन अनुरोध गर्न सम्पूर्ण नगर कार्यपालिका सदस्यहरु एकमत भएका छन् ।
आन्दोलनरत पक्षसँग बार्ताका लागि नगरप्रमुख श्रेष्ठले विभिन्न पक्ष र निकायसँग पहल गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्