शंखरापुर नगरपालिकाको आठौँ नगरसभा अधिवेशन सम्पन्न : ३ बिधेयक सर्वसम्मतिले पारित

नयाँ पोस्ट
नयाँ पोस्ट २९ पुष २०७९, शुक्रबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

पुस २८, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाको आठौं नगरसभा अधिवेशन सम्पन्न भएको छ । बिहिबार इन्द्रायणीमा भएको नगरसभाको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं काठमाडौं क्षेत्र नम्बर २ कि सांसद शोविता गौतमले उद्घाटन गर्नुभएको हो ।
नगरसभाले शिक्षा सम्बन्धी बियेयक २०७९, नगरप्रहरी सम्बन्धी बिधेयक २०७९ र कृषि तथा पशुपंक्षी सम्बन्धी विधेयक सर्वसहमतिले पारित गरेको छ ।
नगरसभामा छलफल भएर पारित भएसँगै ति बिधेयकहरु ऐनको रुपमा कार्यान्वयनमा आएको छ ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर २ का समानुपातिक तर्फका सांसदहरु प्रतिमा गौतम र मन्दिरा राना, नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, पूर्व नगरप्रमुख सुवर्ण श्रेष्ठ, महिला, जेष्ठ नागरिक तथा बालबालिका शाखा प्रमुख निर्जला चुडाल अधिकारी, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित सांसदहरु शोविता गौतम, प्रतिमा गौतम र मन्दिरा रानालाई सम्मान गरिएको थियो । यस्तै पूर्व नगरप्रमुख सुर्वण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले स्वागत गर्नुभएको थियो भने प्रमुख अतिथि सांसद शोविता गौतम, विशिष्ट अथितिहरु सांसद प्रतिमा गौतम, मन्दिरा राना, कार्यक्रमका अध्यक्ष नरप्रमुख रमेश नापित, अथितिहरु उपप्रमुख समिता श्रेष्ठ, नगरप्रमुख राधाकृष्ण श्रेष्ठ, पूर्व नगरप्रमुख सुवर्ण श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शंखरापुर नगरपालिकाको विकास र समृद्धिका बारेमा चाल्नुपर्ने विभिन्न कदम तथा उदेश्यबारेका प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्