मेयर नापितद्धारा शंखरापुर नगर अस्पतालको अनुगमन (भिडियो)

नयाँ पोस्ट
नयाँ पोस्ट १ माघ २०७९, आईतवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

माघ १, काठमाडौं ।

शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले नगर अस्पतालको अनुगमन गर्नुभएको छ ।
वडा नम्बर ९ इन्द्रायणीमा रहेको नगर अस्पतालबाट भइरहेको सेवा प्रवाह तथा समस्याहरुको बारेमा मेयर नापितले जानकारी लिनुभएको हो ।
अनुगमनका क्रममा अस्पतालका कर्मचारीहरुले अस्पतालको एक्सरे मेसिन ठीक अवस्थामा रहेको, अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्न लागेको, इर्मजेन्सी वार्ड बिस्तार गर्न लागेको जानकारी गराएका थिए ।


सो क्रममा मेयर नापितले गुणस्तरीय ढंगले बिरामीको उपचार गर्न र केही समस्या परेमा नगरपालिकामा जानकारी गराउन आग्रह गरे । नगर अस्पतालमा डा.अमित बिष्ट र डा.आस्था मल्ल सहित १६ जना कर्मचारीहरु रहेका छन् । अस्पतालले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ओपिडी सेवा दिदै आएको छ ।
भिडियो :

प्रतिक्रिया दिनुहोस्