पोखरामा यतिको विमान दुर्घटना, सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका

नयाँ पोस्ट
नयाँ पोस्ट १ माघ २०७९, आईतवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

१ माघ, काठमाडौं ।
काठमाडौंबाट पोखराका लागि उढेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । आइतबार बिहान ११ बजे पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेका थिए । तीमध्ये १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।जहाजमा लागेको आगो निभाइसकेपनि दुर्घटनामा यात्रुहरुको जिवितै उद्धार गर्न असंभव भएको छ ।
विमान काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि उडेको थियो ।
विमान पोखराको सेती खोचमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १–१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्