मेयर नापितद्धारा ओछ्यान परेका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

नयाँ पोस्ट
नयाँ पोस्ट ४ माघ २०७९, बुधबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

माघ ४, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाले ओछ्यान परेका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । बुधबार नगरप्रमुख रमेश नापितले जेष्ठ नागरिकको घर घरमा पुगेर न्यानो कपडा वितरण गर्नुभएको हो ।
नगरपालिकाको वडा नम्बर ५, ६ र ७ का ओछ्यान परेका १२ जना जेष्ठ नागरिकका लागि न्यानो कपडा वितरण गरिएको शंखरापुर नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्जला चुडाल अधिकारीले जानकारी दिनुभयो ।
प्रत्येक वडामा २ जना पुरुष र २ जना महिला गरी १२ जना जेष्ठ नागरिकलाई ब्याङ्केट, हर्लिक्स र मिश्री वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘ओछ्यान परेका जेष्ठ नागरिकलाई न्यानो कपडा, हर्लिक्स, बिस्कुट, मिश्री कोशेलीको रुपमा वितरण गरिएको हो । जेष्ठ नागरिकको वडा समिति र वडा अध्यक्षले छनौट गरेको आधारमा उहाँहरुलाई वितरण गरेका हौँ ।’ जेष्ठ नागरिकले खुसी प्रकट गर्दै आर्शिवाद दिएका थिए ।

अन्य वडामा रहेका जेष्ठ नागरिकलाई पनि न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले यो कार्यक्रम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्