माघ २०, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाले यही माघ २२ गते स्थानीय विदा दिने भएको छ । श्रीस्वस्थानी व्रत समाप्ती तथा सालीनदी मेला समाप्तिका अवसरमा स्थानीय विदा दिने निर्णय भएको हो ।
नगर कार्यपालिकाको माघ १३ गते बसेको बैठकको श्री स्वस्थानी व्रत समाप्ती तथा माघ शुक्ल पूर्णिमा (साङ्गे) को अवसरमा माघ २२ गते आइतबार स्थानीय विदा दिने निर्णय गरेको थियो ।
सो निर्णय अनुसार उक्त दिन नगरपालिका, नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सम्पूर्ण शिक्षण संस्थाहरु बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी गराएका छन् ।
शंखरापुर नगरपालिकामा माघ २२ गते स्थानीय बिदा

प्रतिक्रिया दिनुहोस्