शंखरापुर नगरपालिकामा प्रभावकारी बन्दै मेयरसँग निःशूल्क स्वास्थ्य सेवा कार्यक्रम

नयाँ पोस्ट
नयाँ पोस्ट २५ माघ २०७९, बुधबार
पढ्न लाग्ने समय 2 मिनेट
Aa

माघ २५ काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाले अघि बढाइरहेको मेयरसँग निःशूल्क स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरबासीले आफ्नै घरदैलोमा स्वास्थ्य जाँच, परामर्श तथा निःशूल्क औषधी पाएका छन् ।
गत असोज ७ गतेदेखि शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले वडा नंम्बर १ बाट सुरु गरेको यो कार्यक्रममबाट स्थानीयबासी लाभान्वित भएका हुन् । अस्पतालको पहुँचबाट बाहिर रहेका स्थानीयका लागि नगरपालिका भित्र रहेका प्रत्येक वडामा मुख्य बस्ती टोलमा डाक्टर, स्वास्थ्यकर्मी र औषधी उपचार सहितको घुम्ति सेवा हालपनि निरन्तर रुपमा सञ्चालननमा रहेको छ ।

मेयरसँग निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत माघ २३ गते वडा नं १ को चाँपाबोटमा गरिएको स्वास्थ्य सिविरमा ५६ जना स्थानीयले स्वास्थ्य सेवा लिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
सो सिविरमा ३३ जना महिला र २३ जना पुरूषले सेवा पाएका छन् । १५ जनाको सुगर टेष्ट, प्रेसरको ३ थरि, सुगरको २ थरि, युरिक एसिडको १ थरि र कफसिरफ १ थरिको औषधी समेत गरि १०६ थरिको निःशुल्क औषधी बितरण गरिएको छ । यस्तै शिविरमा सुगर टेष्ट, युरिन टेष्ट, ईसिजी, क्षयरोगको खकार जाँच समेत गरिएको थियो । सो कार्यक्रमका संयोजक खगेन्द्र भट्टराई रहेका थिए भने शिविरमा शंखरापुर नगर अस्पतालका डाक्टर, नर्स, ल्याब टेक्निसियन, स्वास्थ्य स्वयमसेविका लगायतले सेव प्रदान गरेका थिए ।
त्यसअघि माघ १९ गते बिहिबार वडा नंबर १ कै छाप भञ्ज्याङमा गरिएको स्वास्थ्य शिविरमा ५४ जना पुरूष र २६ जना महिला गरी ८० जना स्थानीयले निःशुल्क घरदैलो स्वास्थ्य सेवा पाएका थिए ।
नगरपालिकाले निःशूल्क घुम्ती स्वास्थ्य सेवामात्र नभई साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालसँग सम्झौता गरेर ७ प्रकारका सेवा निःशूल्क र ११ वटा स्वास्थ्य सेवाहरुमा ३० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरी सर्वसूलव स्वास्थ्य सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्