पटापमा मेयरसँग निःशूल्क स्वास्थ्य सेवा : ४१ जना स्थानीयले लिए सेवा

नयाँ पोस्ट
नयाँ पोस्ट २६ माघ २०७९, बिहीबार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

माघ २६, काठमाडौं ।
शंखरापुर नगरपालिकामा सञ्चालनमा रहेको मेयरसँग निःशूल्क स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत वडा नंबर २ पटापमा भएको निःशूल्क स्वास्थ्य शिविरमा ४१ जना स्थानीयले सेवा लिएका छन् । माघ २५ गते पटापमा भएको निःशूल्क घरदैलो सेवामा २९ जना ६० बर्ष भन्दा माथिमाथिका जेष्ठ नागरिकले स्वास्थ्य सेवा लिएको नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
सो शिविरमा २३ जनाको सुगर टेष्ट, ७ जनाको युरिन एनालाईसेस जाँच गर्नुका साथै औषधी वितरण समेत गरिएको छ ।

गत असोज ७ गतेदेखि शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले वडा नंम्बर १ बाट सुरु गरेको यो कार्यक्रममबाट स्थानीयबासी लाभान्वित भएका छन् । अस्पतालको पहुँचबाट बाहिर रहेका स्थानीयका लागि नगरपालिका भित्र रहेका प्रत्येक वडामा मुख्य बस्ती टोलमा डाक्टर, स्वास्थ्यकर्मी र औषधी उपचार सहितको घुम्ति सेवा निरन्तर रुपमा सञ्चालननमा रहेको छ ।
नगरपालिकाले निःशूल्क घुम्ती स्वास्थ्य सेवामात्र नभई साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालसँग सम्झौता गरेर ७ प्रकारका सेवा निःशूल्क र ११ वटा स्वास्थ्य सेवाहरुमा ३० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरी सर्वसूलव स्वास्थ्य सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्