फागनु ६, काठमाडौं ।
शंखरापुर नगरपालिकाले आगामी ५ वर्षका लागि आवधिक योजना निमार्ण गर्न काम सुरु गरेको छ । त्यसका लागि विभिन्न समिति बनाई अध्ययन, अनुसन्धान तथा तथ्याङ्क संकलनको काम सुरु गरिएको छ ।
त्यसका लागि नगरपालिकाले बनाएको समितिमध्ये आर्थिक बिकास समितिले कामको थालनी गरेको हो । समितिको कार्यक्षेत्रभित्र रहेको कृषि, पशुपालन, पर्यटन, उद्योग ,सहकारी मध्ये पर्यटन ब्यवसायको अवस्था, समस्या र संभावनाहरुको बारेमा अध्ययन सुरु गरिएको वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
फागुन ४ गतेदेखि शंखरापुर नगरपालिका वडा नं २ मा रहेका होटेल, रिसोर्ट, रेष्टुरेन्टहरूको संख्या, बर्तमान अवस्था, समस्याहरु, आगामी संभावनाहरु आदि बारेमा तथ्यांक लिन शुरू गरिएको छ ।
नगरप्रवक्ता श्रेष्ठले भन्नुभयो–‘शंखरापुरमा पर्यटनको अवस्था के छ भनेर तथ्यांक शंकलनको काम सुरु गरेका छौँ । नगरपालिकामा पर्यटन सम्बन्धी शाखापनि नभएका कारण पर्यटनबारेको काम प्रभावकारी बनाउन सो बारे अध्ययन गर्न समिति बनाइएको छ । अहिले हाम्रो नगरपालिकामा कतिवटा होटलहरु छन, पर्यटकहरु कतिको आउँछन्, होटलहरुको क्षमता कति छ ? भन्ने कुराहरुको अध्ययन थालेका छौँ । शंखरापुरमा रहेको पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न कुराहरुको तथ्यांक संकलनको काम सुरु गरिएको छ । यसका लागि नगरपालिकाको वडा नम्बर २ बाट काम सुरु गरेका छौँ ।’

५ बर्षको अवधीका लागि आर्थिक विकासमा के गर्ने, सामाजिक विकासमा के गर्ने भन्ने बारेमा नगरपालिकाको योजना बनाउँका लागि काम शुरु गरिएको हो । आर्थिक विकासमा कृषि, पशुपालन, पर्यटन, उद्योग, सहकारी समितिको संयोजक समेत रहेका नगरप्रवत्ता राधाकृष्ण श्रेष्ठले आगामी ५ बर्षका लागि पर्यटन विकास सम्बन्धी नीति तथा कार्यक्रम बनाउँनका लागि र दीर्घकालीन योजना बनाउँका लागि पर्यटन व्यवसायको वास्तविक अवस्था के छ त्यो पत्ता लगाउनका लागि काम शुरु गरिएको जानकारी दिनुभयो ।

सो अध्ययन टोलीमा आर्थिक बिकास समितिका संयोजक राधाकृष्ण श्रेष्ठ, वडा नं २ का वडा अध्यक्ष रणबहादुर थिङ्ग, योजना,प्रशासन,राज्यश्व शाखा प्रमुख सुभद्रा पुडासैनी, पशु शाखाका प्रमुख गंगाबहादुर थापामगर, कृषि शाखाका अर्जुन चौलागाई, र आर्थिक बिकास समितिका सदस्य गंगालाल डंगोल सहभागी रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्