फागुन ७, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ६ को सुन्टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठको नेतृत्वमा समुदायलाई आफ्नो टोल सरसफाइमा जागरुक र सचेत गर्ने उदेश्यका साथ समुदायसँग वडा अध्यक्ष र वडा सदस्य हप्ताको २ घण्टा सरसफाइ कार्यक्रम गरिएको हो । आइतबार सो कार्यक्रम अन्तर्गत शंखरापुर वडा नं ६ को सुन्टोल स्थित क्वः बाहा चोक र टोल सरसफाई गरिएको छ ।
वडा अध्यक्ष, वडा सदस्यसहित स्थानीयले प्रत्येक हप्ता श्रम २ घण्टा श्रमदान स्वरुप सरसफाई गर्न थालिएको र अर्को हप्ता वडाको कुनै एक टोलमा गएर त्यसरी नै सरसफाई कार्यक्रम गर्ने नगरप्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । आइतबार भएको सरसफाई कार्यक्रममा क्वस्बाहा टोलका परिवर्तनशील महिला समुहका प्रतिनिधिहरुले सरसफाईमा सहभागी भएर सहयोग गरेका छन् ।
हेर्नुहोस तस्बिरहरु :





प्रतिक्रिया दिनुहोस्