मेयर नापित र वडाध्यक्षहरुको पहलमा साँखु बजारमा बिद्युतका तार भूमिगत गर्ने काम सुरु

नयाँ पोस्ट
नयाँ पोस्ट ९ फाल्गुन २०७९, मंगलवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

फागनु ९, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकामा पर्ने ऐतिहासिक नगरी साँखु बजारमा बिजुलीका तार भूमिगत गर्ने काम सुरु भएको छ ।
शंखरापुर नगरपालिका वडा नं ६ र ७ मा समेटिईएको साँखुमा वडा अध्यक्षहरु राधाकृष्ण श्रेष्ठ र बिष्णु प्रसाद श्रेष्ठ र नगर प्रमुख रमेश नापितको विशेष पहलमा शंखरापुरको सम्पदा बस्ती भित्रको बिद्युतिय तार भुमिगत गर्ने कार्य शुरू गरिएको हो ।
झन्डै २ हप्ताभित्र साँखुको महादेवस्थानदेखि सुन्टोल ध्वाखा सम्म पाईप लाईन र तार बिछ्याउने काम सम्पन्न गरिसक्ने वडा नम्बर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
बिद्युत तार भूमिगत गरे लगत्तै ईटा सोलिङ्गको काम शुरू गर्ने तयारी रहेको छ । क्रमिकरूपमा शंखरापुर नगरपालिकाको अन्य वडाहरूमा पनि बिद्युतिय तारहरू भुमिगत गर्दै जाने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
हाल नेपाल बिद्युत प्राधिकरणले ‘लो टेन्सन’ को बिद्युत तार भूमिगत गर्ने काम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्