फागुन १६, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिकाको आवधिक योजना निर्माणका लागि नगरपालिकाभित्र क्रियाशील अगुवा कृषकसँगको छलफल समपन्न भएको छ ।
फागुन १६ गते आवधिक योजना निर्माणका लागि गठित आर्थिक बिकास समितिले शंखरापुर नगरपालिकाका वडा नं १ देखि ९ वडाका अगुवा कृषक र समुहका कृषकहरूसँग कृषि र पशुपालन सम्बन्धि नगरपालिकाको बर्तमान अवस्था ,समस्या र समाधान बिषयमा छलफल गरेको वडा नम्बर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

सो छलफलमा नगरपालिकामा कृषि क्षेत्रको अवस्था, कृषकका समस्याहरु तथा कृषि क्षेत्रमा सफलता हासिल गर्न सकिने संभाब्यताहरु लगायतका विषयमा छलफल तथा सुझाव संकलन गरीएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
सो छलफलमा आर्थिक बिकास समितीका संयोजक राधाकृष्ण श्रेष्ठ, प्रशासकीय अधिकृत शुभद्रा पुडासैनी, कृषि शाखा प्रमुख सीता गुरागाई, पशु शाखाका प्रमुख गंगा थापामगर, कन्सल्टेन्टको तर्फबाट दिपेश्वर श्रेष्ठ, सुष्मा श्रेष्ठ र नगरपालिका भित्रका अगुवा कृषकहरूको सहभागी रहेको थियोे ।
कृषकहरुबाट प्राप्त सल्लाह सुझावका आधारमा आगामी ५ बर्षका लागि योजना निर्माण गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्