फागुन २०, काठमाडौं ।
ऐतिहासिक सम्पदा क्षेत्र साँखु अन्तर्गत शंखरापुर नगरपालिका वडा नं ६ को सम्पदा बस्तीको भित्र र बाहिर गरि २८ औं कलात्मक धारा निर्माण सम्पन्न भएको छ । साँखुको दुर्गाहिटी स्थित दथुननी धारा पुनः निर्माण सम्पन्न भएको छ । मणिश्वर श्रेष्ठ अध्यक्ष रहेको दथुननी ढुङ्गेधारा पुनःनिर्माण उपभोक्ता समितिले यो धारा निर्माण सम्पन्न गरेको हो ।
अब सम्पदा बस्ती भित्र वडा नं ६ मा ४ वटा धाराहरू मात्र पुनःनिर्माण गर्न बाँकी रहेको सो वडाका अध्यक्ष एवं नरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
यसै आर्थिक बर्षभित्र बाँकी ढुङ्गेधारा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठले जनाएका छन् । उनले सो ढुङ्गेधारा पुनर्निर्माण गर्ने उपभोक्ता समितिलाई धन्यवाद समेत दिएका छन् ।
साँखु सम्पदा बस्तिमा २८ औं कलात्मक ढुङ्गेधारा पुनर्निर्माण सम्पन्न

प्रतिक्रिया दिनुहोस्