फागुन २, काठमाडौं ।
शंखरापुर नगरपालिकाबासी १८ पुरा भई ४५ वर्ष ननाघेका २० जनाले निःशूल्क मोबाइल फोन मर्मत तालिम पाउने भएका छन् । जीभ क्यारिअर इन्स्टिच्यूट, अनामनगरमार्फत ३९० घण्टाको मोबाइल फोन मर्मत सम्बन्धी तालिम सञ्चालन गर्न लागिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, व्यवसायिक तथा सिप विकास तालिम प्रतिष्ठान भैसेपाटी, ललितपुरको आयोजनामा शंखरापुर नगरपालिकामा सो तालिम कार्यक्रम सञ्चालन हुन लागेको हो ।
त्यसका लागि कम्तिमा कक्षा ८ उर्तीण गरेको र १८ बर्ष पूरा भई ४५ बर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ । यसका लागि यही चैत ११ गतेसम्म आवेदन दिनुपर्ने र सो बारेको सुचना नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुले प्रकाशन गर्ने शंखरापुर नगरपालिकाले जनाएको छ ।
शंखरापुरका २० जनालाई निःशूल्क मोबाइल फोन मर्मत तालिम दिइने

प्रतिक्रिया दिनुहोस्