Image description

न्यूज लाउण्ड्री अनलाइनका प्रमुख कार्यकारी अधिकृत अविनन्दन सेखरीले सन् २०२० मा भएको दिल्ली दंगा कभर गरेका दुई संवाददातालाई तलबी बिदा बस्न सुझाए ।

उनले दुवैलाई केही दिन खबर चक्रबाट पूर्णरुपमा विश्राम दिन चाहेका थिए । किनकि, दुवैको मानसिक स्वास्थ्य अवस्थाबारे उनी चिन्तित थिए । उनले ती दुई पत्रकारलाई बिदा बस्न मात्र भनेनन्, समाचारका स्रोत र सामाजिक सञ्जालबाट पनि टाढा रहन भनेका थिए ।

 

कारण – सेखरीले आफ्ना संवाददातामा ट्रमाको संकेत देखिरहेका थिए । हिंसात्मक घटना भएका स्थानमा लामो समयसम्म रिपोर्टिङमा खटिंदाको असर उनीहरुमा देखिएको थियो । भारतमा सेखरी मात्र यस्ता समाचार प्रमुख होइनन्, जसले आफ्ना संवाददातामा ट्रमा र मानसिक स्वास्थ्य समस्याको संकेत देखेका छन् ।

न्यूज लाउन्ड्री जस्तै अरु मिडिया हाउसहरुले पनि अहिले पत्रकारको मानसिक स्वास्थ्य सरोकारलाई गम्भीरतापूर्वक लिन थालेका छन् र हिंसात्मक क्षेत्रको रिपोर्टिङमा गएको केही समयपछि आराम गर्न समय दिन थालेका छन् ।

 

‘दुई जना मेरो संवाददाताले केही महिना नियमित रुपमा दिल्ली दंग कभर गरेका थिए’, सेखरी सम्झन्छन्, ‘उनीहरुले कुनै मानसिक समस्याबारे त बताएनन् तर, केही पात्रका कथा र छलफल कति डरलाग्दो थियो भन्ने बताइरहन्थे ।’ त्यसबाहेक विभिन्न समस्या देखिन थालेपछि उनीहरुलाई तलब नकाटिने गरी एक हप्ता विदामा बस्न भनेको उनी बताउँछन् ।
पत्रकारहरुको म्यानेजरका रुपमा आफ्नो लागि यो निकै चिन्ताको विषय भएको सेखरीको भनाइ छ ।

‘सन् २०२० मा भएको दिल्ली दंगाबाहेक अन्य दंगाग्रस्त क्षेत्रमा लामो समय रिपोर्टिङका लागि हाम्रा संवाददाताहरु गएका थिएनन्’, उनी भन्छन्, ‘मलाई पनि मानसिक स्वास्थ्यबारे जानकारी दिन राम्रो ज्ञान छैन । तर, हामी सचेत छौं कि अत्यन्त विभत्स अवस्थालाई नजिकबाट हेरेका हाम्रा संवाददाताहरुमा स्वभाविक रुपमा मानसिक तनाव र ट्रमा हुनसक्छ ।’

आफू मानसिक स्वास्थ्यबारे जानकार व्यक्ति नभएपनि समाचारको दैनिक चक्र र सामाजिक सञ्जालबाट मात्र भएपनि केही समय टाढा रहन सके धेरै हदसम्म समस्या कम हुने उनी बताउँछन् । ‘नयाँ पुस्ताका केहीले नियमित रुपमै थेरापिस्टको परामर्श समेत लिने गरेका छन्, तर मेरो पुस्ताका लागि यो नसुनिएको विषय हो’, सेखरी थप्छन् ।

मनोपरामर्शदाताहरुका अनुसार द्वन्द्वग्रस्त क्षेत्रमा रिपोर्टिङमा जाँदा पत्रकारले विभिन्न खाले जोखिमको सामना गर्नुपर्छ । तर, यस्तो परिस्थितिमा पत्रकार पनि पीडित हुनसक्छन् भनेर कहिल्यै सोचिँदैन ।

वर्ल्ड एसोसिएशन अफ न्यूज पब्लिसर्शसँग कुरा गर्दै तुलसा विश्वविद्यालयकी मनोपरामर्शदाता एलना न्यूनम्यानले भनेकी छन्, ‘पत्रकार टेबलमा आउने अन्तिम व्यक्ति हुन् । उनीहरुलाई कथाको पात्र नबन्न तालिम दिइएको हुन्छ । तर, अरुका कथा ल्याउने काममा मात्र सीमित हुँदा पत्रकार पनि यसको असरमा परेका हुनसक्छन् भन्ने कसैलाई आभास नै हुँदैन ।’

‘दैनिक डरलाग्दो सपना देखेँ’

यो कथा भरत नायकको हो । उनी तथ्यजाँच गर्ने वेवसाइट द लोजिकल इण्डियनका सम्पादक हुन् । नायक सधैं सोच्थे कि उनी मानसिक रुपमा बलिया छन् ।

उनको काम फेक समाचार, गाली गलौज गरिएका अभद्र भाषण र मिथ्या सूचनाको चिरफार गर्नुहुन्थ्यो । यस्तोमा उनले धेरै जसो विभत्स र तनावपूर्ण खाल्का सामग्री हेर्नु र पढ्नुपर्थ्यो । नियमित जसो त्यस्ता विषयहरु उधिन्दै गर्दा उनको मानसिक स्वास्थ्यमा विस्तारै असर गरिरहेको थियो ।

‘म प्रायः आफूलाई थोकेको महसुस गर्थे, एकदमै विरक्ति त्यतिबेला लाग्यो, जतिबेला मैले ९ वर्षीया किशोरीको अपहरण, बलात्कार र हत्याबारे रिपोर्टिङ गरें’, उनी भन्छन्, ‘यो समाचारका फलोअपहरु झण्डै एक महिनासम्म आइरहे, हामीले त्यसमा विस्तृत रिपोर्टिङ पस्कियौं ।’

जब यो घटनाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भयो, उनले समाचार लेख्नका लागि अध्ययन गरे । ‘त्यो मेरो लागि एकदमै तनाव दिने विषय थियो, मैले त्यसदिनदेखि डर लाग्दो सपनाहरु देख्न थाले’, नायक भन्छन्, ‘तर, मलाई थाहा छैन, मैले आफूलाई सामान्य राख्न के गर्न सक्थे ।’

कोरोना भाइरस महामारीका बेला उनका समस्याहरु अझ बढे, जतिबेला झुठा र भ्रामक समाचारहरुको प्रकोप नै थियो ।

उनका अनुसार कश्मिरमा पत्रकारिता गर्नु एकदमै कठिन कार्य हो । अधिकांश पत्रकार कुनै न कुनै बेला दुर्व्यवहारको शिकार भएकै हुन्छ । ‘त्यसमध्ये म पनि एक हुँ, जसले यो पेशामा आबद्ध भएकै कारण मानसिक स्वास्थ्यसम्बन्धी समस्या झेलिरहेको छु’, समा थप्छिन् ।

‘एउटा निश्चित समुदाय कसरी भाइरस फैलाउन संलग्न छ भन्दै विभत्स किसिमका तस्वीरहरु फैलिएका थिए, त्यतिबेला मैले पहिलो पटक मनोपरामर्शदाता भेटेँ’, उनी भन्छन्, ‘बल्ल मैले पोष्ट ट्रमाटिक डिसअर्डर (पीटीएसडी) बारे थाहा पाएँ । अनि, मलाई अनुभव भयो कि एक तथ्यजाँच गर्ने व्यक्तिका रुपमा मैले जे जे सामग्रीको जाँच गरिरहेको थिएँ, त्यसले विभिन्न खाले समस्याहरु देखिाइरहेका थिए ।’

पत्रकारका रुपमा मैले चाल्न सक्ने आधारभूत कदमहरुबारे मैले पाएको जानकारीले मलाई भावनात्मक रुपमा पनि बलियो बनाएको थियो । यसले मलाई निरन्तर डिप्रेसनको साइकलमा नपर्न सहयोग गरेको थियो ।

भरतका अनुसार उनले सन् २०२० देखि निरन्तर थेरापी लिइरहेका छन् । किनकि, उनका लागि विकल्प तथ्यजाँचको काम नै छाड्नु होइन । अहिले उनले विस्तारै आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्न सक्ने कला सिक्दै गएका छन् ।

कश्मिरमा प्रशासनको यातना

भारतको द्वन्द्वग्रस्त क्षेत्रमा अहिले स्वतन्त्र पत्रकारहरुको संख्या बढिरहेको छ । सँगै उनीहरुले विभिन्न खाले समस्याहरु पनि भोग्नु परिरहेको छ । न्यूजरुमको सहयोग नहुँदा त्यससँग जुध्न झनै कठिन छ ।

धेरैले आफैंले व्यवस्था गरेर मानसिक स्वास्थ्य सहायता लिइरहेका छन् । कतिपय स्वतन्त्र पत्रकारले प्रशासनबाट दुव्र्यवहार पनि खेप्नु परिरहेको छ ।

समा, जसले आफ्नो वास्तविक परिचयन दिन चाहन्नन्, उनी भारतको कश्मिरमा बस्छिन् । समाले अहिले आफ्नो मानसिक अवस्थाबारे अरुलाई बताउन छाडेकी छन् । तर, त्यसले उनलाई झन् कमजोर बनाइरहेको छ ।