Image description

साना बच्चालाई दूध आवश्यक छ

तर फकाएर दिए मात्र पिउँछन्

 

ठूला मान्छेलाई पुस्तक आवश्यक छ

तर फकाएर दिए मात्र पढ्छन्

 

कुन विचार सही

कुन विचार गलत

कसले थाहा पाउँछन् ?

बरु आफूले मानेको विचार सही मानेरै जिउँछन्

ठूला मान्छेलाई पुस्तक आवश्यक छ

तर फकाएर दिए मात्र पढ्छन्

कुन ज्ञान सही

कुन ज्ञान गलत

यहाँ कसले चिन्छन् ?

बरु नचिने पनि चिने जस्तो भ्रम पालेरै जिउँछन्

ठूला मान्छेलाई पुस्तक आवश्यक छ

तर फकाएर दिए मात्र पढ्छन्

कुन कर्म सही

कुन कर्म गलत

यहाँ कसले जान्दछन् ?

बरु आफूले गरेको कर्म सही मानेरै जिउँछन्

ठूला मान्छेलाई पुस्तक आवश्यक छ

तर फकाएर दिए मात्र पढ्छन् ।।