डेंगी संक्रमण बढ्दो: संक्रमितको संख्या १६ सय नाघ्यो, बागमती प्रदेश सबैभन्दा प्रभावित

नयाँ पोस्ट
१९ असार २०८२, बिहिवार

१९ असार, काठमाडौं | देशभर डेंगी संक्रमणको दर तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म कुल १,६७३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

पछिल्लो एक सातामात्रै ७१ जना नयाँ संक्रमित थपिएका छन्। गण्डकी प्रदेशमा सबैभन्दा धेरै २० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्णालीमा सबैभन्दा कम १ जना मात्र पुष्टि भएका छन्।

सातै प्रदेशको डेंगी संक्रमित विवरण:

  • बागमती प्रदेश: ४०४ जना

  • गण्डकी प्रदेश: ३५८ जना

  • कोसी प्रदेश: ३३४ जना

  • लुम्बिनी प्रदेश: २७८ जना

  • सुदूरपश्चिम प्रदेश: २३२ जना

  • कर्णाली प्रदेश: ३६ जना

  • मधेस प्रदेश: ३१ जना

सङ्क्रमणको अवस्था हेर्दा बागमती प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम संक्रमित फेला परेका छन्।

स्वास्थ्य विज्ञहरूले वर्षायाममा डेंगी संक्रमण फैलिने जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषगरी उपत्यका, तराईका शहरी क्षेत्रहरू र पानी जम्ने स्थानहरूमा सफाइ र सतर्कता आवश्यक रहेको जनाइएको छ।


धेरै पढिएको