Image description

काठमाडौंको चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्याथीहरुका लागि भब्य रुपमा अभिमुखी कार्यक्रम सपन्न गरेको छ । आइतबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सो कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगालले कक्षा ११ मा मानविकी, व्यवस्थापन, बिज्ञान र कानुन विषयमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै सेन्ट लरेन्स कलेजमा आएका प्रतिभालाई जगाएर अघि बढाउने काम गर्ने बताए । 
उनले सेन्ट लरेन्समा अध्ययन गर्न आउने निजी स्कुलमा पढेर आएका बिद्यार्थीहरु आफ्नो भविष्यको बाटो आफै कोर्न सक्षम रहेको बताउँदै अब अभिभावकले समय नदिएपनि आफै पढ्न लेख्न सफल हुने उल्लेख गरे । यस्तै सरकारी स्कुल पढेर आएका विद्यार्थीहरुलाई भाषाको डर रहेको बताउँदै अंग्रेजी माध्यममा कसरी पढ्ने होला चिन्ता लागेको हुनसक्ने बताए । 
अध्यक्ष दंगालले भने–‘तपाईहरु अहिले २७ औं व्याचको हुनुहुन्छ, विगतका विद्यार्थीहरुलाई जसरी अंग्रेजी र नेपाली दुबै माध्यममा पढाइयो, तपाईहरुलाई पनि सर र म्याडमहरुले त्यसरी नै पढाउनुहुन्छ त्यसको चिन्ता लिनु परेन । यस्तै सामुदायिक विद्यालयबाट पढेर आउने बिद्यार्थी भाईबहिनीहरु कोही नेपाली माध्यमबाट पढेर आउनुभएको छ, कोही अंग्रेजी माध्यमबाट पढेर आउनुभएको छ, दुबैलाई उपयुक्त ठाउँ हुनेछ ।’
उनले अन्य कलेजमा अध्ययन गर्न गएका साथीहरु भन्दा सेन्ट लरेन्समा पढ्न आएका विद्यार्थीको पढाई अगाडि हुने उल्लेख गरे ।  

अध्यक्ष दंगालले भने–‘म ग्यारेन्टी गर्न चाहन्छु, सबै सञ्चालकहरु, सरहरु मार्फत म ग्यारेन्टी गर्न चाहन्छु तपाई यो सेन्ट लरेन्स कलेजमा पढ्दै हुनुहुन्छ र तपाईको साथी अर्को कलेजमा गएको छ भने तपाईहरुको तपाईको पढाई कुनैपनि हालतमा कमजोर हुनेवाला छैन । तपाई सहि ठाउँमा हुनुहुन्छ, तपाईले सहि विषय छान्नुभएको छ र सहि कलेज छान्नु भएको छ । तपाईहरुको २ बर्ष राम्रो बनाउने जिम्मा हामीले लिएका छौँ । कुनैपनि कलेजको भन्दा नराम्रो पढाई हुँदैन राम्रो पढाई नै हुन्छ ।’ 

कार्यक्रममा सामाजिक विषयबस्तुमा आधारित भएर विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रम तथा नृत्यले समग्र देशको प्रतिनिधित्व गरेको अध्यक्ष दंगालले बताए । 

यस्तै सेन्ट लरेन्स कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले नवआगन्तुक एसइई उत्तीर्ण सबै विद्यार्थीलाई बधाई ज्ञापन गर्दै  आगामी शैक्षिक यात्राका लागि शुभकामना दिए । उनले आफ्नो रुचिको विषय हृदय देखिनै रोजेकाले सबै विद्यार्थी सफल हुने उल्लेख गर्दै सेन्ट लरेन्स आएका विद्यार्थीले आफ्नो उज्ज्वल भविष्य बनाउनका लागि सही कलेज छानेको बताए । 

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा न ७ का वडा अध्यक्ष विमल कुमार होडा, काठमाडौँ महानगरपालिका शिक्षा विभागका यमनाथ चौलागाईं, उत्प्रेरक वक्ता रविन कटुवाल विशेष अतिथिका रूपमा रहेका थिए।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुतीकरण गरेका थिए ।