इतिहासको साक्षी : बुकाचो र रानीकोट गढी

तेजनाथ दंगाल
१३ चैत २०८२, शुक्रवार

काठमाडौँ उपत्यका आज जति सुरक्षित र संगठित रुपमा रहन सकेको छ, त्यसको पछाडि पहाडको टाकुरामा उभिएका केही मौन गढीहरूको ठूलो भूमिका रहेको देखिन्छ। यस्ता थुप्रै गढीहरूले नेपालको गौरव बोकेर उभिइरहेका छन् तर बुकाचो र रानीकोटगढी यस्ता भए जसले युद्ध देखे, सरकार फेरबदलको महसुस गरे तर इतिहासका पानामा सीमित रूपले बोल्न पाए । बाटो नियन्त्रण गर्ने उपत्यकाको ढोकामा पहरेदारी गर्ने यी गढीहरू केवल ढुङ्गाका पर्खाल मात्र होइनन्, यी गढीहरू एकीकरणकालीन समयका रणनीति,भय,आशा र निर्णयका साक्षी हुन् । आज ती गढीहरू शान्त देखिन्छन् तर तिनीहरूको मौनता भित्र नेपालको इतिहासको एउटा महत्त्वपूर्ण अध्याय लुकेको छ।
यस्तै गढीहरूमा काठमाडौँ उपत्यकाको दक्षिणतर्फ रहेका बुकाचो र रानीकोट गढी पनि महत्वपूर्ण छन्। यी गढीहरू तत्कालीन समयमा भक्तपुर राज्य अन्तर्गत पर्दथे। हाल सूर्यविनायक नगरपालिका वडा नं ८ मा सिपाडोलको अग्लो डाँडामा बुकाचो गढी रहेको छ। यस गढीको नाम बुकाचो किन रह्यो होला भन्ने सन्दर्भमा बुकाचो नामाकरण नेवारी भाषाबाट बनेको देखिन्छ नेवारी भाषामा बुकाचो भन्नाले डाँडोको टुप्पो भन्ने अर्थ लाग्छ। यसैले भौगोलिक स्वरूप अनुसार नै यस गढीलाई नामाकरण गरेको पाइन्छ।
यो गढी कहिले र कसले बनायो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण प्राप्त गर्न सकिएको छैन लिच्छविकालको समाप्ति र मल्लकालको प्रारम्भमा उपत्यकाका मल्ल राजाहरूले राज्यलाई सुरक्षित राख्न गढी बनाएको अनुमान लगाउन सकिन्छ । पूर्वबाट किराँत र दक्षिणबाट कुनै शक्तिले आक्रमण गर्न सक्ला भन्ने भय थियो,सो कारणले स्थितिलाई मध्यनजर राखेर उपत्यकाका पहाडी डाँडाहरुमा गढीहरू बनाइन्थे। नेवारी भाषामा यस्ता किल्लाहरुलाई (क्वथुप्धबतजब) भनिन्छ । उपत्यकाको सुरक्षाको लागि समय अनुसार कोट बनेको पाइन्छ ।
यी पहाडी टाकुरामा रहेका सैन्य अखडाहरूको स्थलगत अध्ययन गर्दा गढीभन्दा पनि कोट भन्न उपयुक्त देखिन्छ । यक्ष मल्लको पालामा भक्तपुर दरबारको सुरक्षाका लागि वरिपरि खाल्डो खन्ने र घेर्ने कार्यमा जोड दिएको देखिन्छ । एउटा महत्वपूर्ण कुरा के बुझियो भने यस्ता गढी र कोटहरु बाह्य आक्रमणका अतिरिक्त उपत्यकाका तीनवटा राज्यहरू बीचको आपसी वैमनस्यताका कारणले युद्ध भइरहने हुनाले त्यस प्रकारको युद्ध प्रतिरोधको लागि पनि यस्ता कोट र गढीहरू बनेको बुझिन्छ। भक्तपुरका राजा जगज्योति मल्लको पालामा यस्ता कोटहरु बनाउने कार्यले तीव्रता पाएको भन्ने बुझिन्छ। भक्तपुर राज्यको सीमा पूर्वतर्फ टाढासम्म फैलिएकोले पूर्वबाट हुने सम्भावित खतरालाई सामना गर्न कोटहरू बनाउने कार्य व्यापक रुपमा विस्तार भयो। यसैगरी राजा जगज्योति मल्लको पालामा भक्तपुर राज्यमा सैन्य शक्ति बढाउने कार्य भएकाले कोटहरु बनाउने कामहरु भए । यसैगरी भक्तपुरका राजा जितामित्र मल्लको पालामा भक्तपुरका सीमावर्ती क्षेत्रहरुमा कोटहरु निर्माण गरी सुरक्षा व्यवस्था कडा बनाउने कार्य गरिएको थियो । भक्तपुरका राजा भूपतिन्द्र मल्लले सैन्यशक्ति विस्तार तथा कोटहरू निर्माण गर्ने कार्यमा तीव्रता दिएको पाइन्छ। मल्लकालमा भक्तपुर राज्यले उपत्यकाका अन्य मल्ल राज्यहरूका अतिरिक्त गोर्खाली आक्रमणबाट बच्न त्यस समयमा डाँडाका टाकुराहरूमा कोटहरु बनाएका थिए भने अन्य राज्यहरूबाट हुनसक्ने सम्भावित आक्रमणलाई मध्यनजरमा राखेर कोटहरू निर्माण भएको पाइन्छ।
भक्तपुरमा रहेको बुकाचोकोट गोर्खालीहरूको नियन्त्रण पछि सामरिक महत्त्वको दृष्टिलाई मध्यनजरमा राखेर गढीको रुपमा विकसित गरिएको देखिन्छ । बुकाचो गढीबाट बनेपा, धुलिखेल लगायतका पूर्वक्षेत्रहरु यहाँबाट स्पष्ट देखिन्छन् र छिमेकी राज्यहरूको गतिविधि निगरानी गर्नको लागि पनि उपयुक्त देखिन्थ्यो भने मकवानपुरबाट हुन सक्ने आक्रमणको निगरानी गर्न सकिने हुनाले यहाँ गढी बनाइएको हुनसक्ने सहज अनुमान गर्न सकिन्छ। बुकाचो गढी समुद्र सतहबाट २१०० मी।को उचाइमा रहेको छ। यहाँ केन्द्रित गर्न खोजिएको कुरा के हो भने यो गढी नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले उपत्यका घेर्ने रणनीति अन्तर्गत नियन्त्रणमा लिएका थिए।
काठमाडौँ उपत्यकाको पूर्वी ढोकाको रूपमा परिचित भक्तपुर जिल्ला ऐतिहासिक र सामरिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहेको छ। भक्तपुरको दक्षिण(पूर्वी भागमा अवस्थित बुकाचोगढी नेपाल एकीकरणको समय,सैन्य रणनीति र प्राचीन व्यापारिक मार्गको प्रमुख द्वार पनि हो। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले भक्तपुर विजय गर्नुअघि यो गढीलाई आधार बनाएका हुनाले यहाँ भूमिगत आश्रयस्थल९द्यगलपभच० बनाएर सेना राखेका थिए। यहीँबाट भक्तपुर सहरको वस्तुस्थिति बुझेर आक्रमणको रणनीति तय गरेका थिए।


पृथ्वीनारायण शाहले बुकाचो गढी कहिले कसरी नियन्त्रणमा लिएर भक्तपुर राज्य विरुद्ध युद्ध रणनीति तयार गरे भन्ने सन्दर्भमा चर्चा गर्नु उपयुक्त हुन्छ। पृथ्वीनारायण शाहले उपत्यकालाई चौतर्फी रूपमा घेराबन्दी गर्ने क्रममा नाल्दुम(महादेव पोखरी नियन्त्रणमा लिएपछि काभ्रेपलाञ्चोक तर्फका क्षेत्रमा दृष्टि पुर्‍याएका थिए । यसका लागि काभ्रेको भँवरकोटमा रहेका गोर्खाली योद्धा सरदार रामकृष्ण कुँवर र केहरसिंह बस्नेतलाई जिम्मेवारी दिइएको थियो । उपत्यका घेर्ने क्रममा धुलिखेल सङ्गै रहेका चौकोट,खड्पु,पनौती सन् १७६३ अक्टोबर २३ मा विजय गरे । यसपछि साँगाको युद्धमा गोर्खालीहरूलाई रोक्न जयप्रकाश मल्लद्वारा तैनाथ गरिएका ५०० नागा फौजसङ्ग घमासान युद्ध भयो । यस युद्धमा नागाहरूका कमान्डर गुलाबराम अवस्थी भागेर भक्तपुर पुगेपछि त्यहाँ तैनाथ सबै नागा फौज युद्धमा मारिए । यस युद्धमा गोर्खालीका तर्फबाट जीवराम बस्न्यात र जहाँगिर शाह९पृथ्वीनारायण शाहका काका,पृथ्वीपति शाहका छोरा०ले वीरगति पाएका थिए जो असी वर्षका थिए । धुलिखेल विजय गरेपछि बाँकी रहेका सागा,नाला,बनेपा,रानीकोट र बुकाचो लगायत अन्य स्थानहरू विजय गरे। यसलाई सातगाउँको युद्ध भनिन्छ ।
यहाँ उठाइएको प्रसङ्ग बुकाचोगढीको हो। पनौती, खडपु, बनेपा, साँगा,नाला विजयी क्षेत्रभित्र परेपछि सोही दिन रानीकोट पनि विजित क्षेत्रमा परेपछि यसभन्दा पूर्वमा रहेका बुकाचो गढी नियन्त्रणमा आइसकेको स्वतःअनुमान गर्न सकिन्छ । गोर्खालीको प्रवेश भएपछि भक्तपुरका सेनाले गढी छाडेको हुनुपर्छ किनभने यहाँ गढी आसपास कुनै सङ्ग्राम भएको घटनाको उल्लेखित इतिहास पाइँदैन। सानो भिडन्त चाहिँ भएको अनुमान गर्न सकिन्छ । पृथ्वीनारायण शाहले भक्तपुरको पूर्वक्षेत्रतर्फ हुने पत्राचार र सम्पर्क प्रायस् गरी बुकाचो,साँगा र नाला नियन्त्रणमा आएपछि लगभग बाटो नै बन्द भएको थियो । वास्तवमा यो क्षेत्र भक्तपुरको घाँटी नै थियो। यस गढीको अर्को विशेषता पनि रहेको बुझ्न सकिन्छ। बुकाचोक गढीबाट भक्तपुर सहर प्रष्ट देखिन्थ्यो। भक्तपुरका अन्तिम राजा रणजित मल्लले पाटन९जो पहिलै गोर्खाको कब्जामा परिसकेको थियो० बाट प्राप्त हुनसक्ने सहयोगको संभावनालाई यस्तो अग्लो पहाडको गढीबाट निगरानी गरेर पूर्णरूपमा रोकेको थियो । यस्ता गढीबाट गोर्खाली झण्डा र सैनिक देखेपछि सहरभित्र सैनिकहरूमा डर पैदा गर्न,मनोवैज्ञानिक दबाब सिर्जना गर्न बुकाचो गढीले भूमिका खेलेको बुझिन्छ। स्थानीयहरूले सुनेअनुसार यस गढीमा रहेका गोर्खालीहरूले रातको समयमा छापामार शैलीमा आक्रमण गरी सहरभित्र जाने रसद पानी रोकेका थिए भन्ने छ । सातगाउँको युद्धमा विशेषगरी सरदार रामकृष्ण कुँवर, वंशराज पाण्डे र केहरसिंह बस्न्यातले महत्वपूर्ण भूमिका खेलेका थिए। बुकाचोगढी नियन्त्रणमा आएपछि रामकृष्ण कुँवरले यसलाई थप व्यवस्थित गरी मजबुत बनाएका थिए भन्ने कुरा बुझिन्छ। अर्कोतर्फ गोर्खाली सेनानायक केहरसिंह बस्न्यातले यस क्षेत्रको सैन्य अभियानमा ठूलो भूमिका खेलेका थिए । यसैगरी अभिमान सिंह बस्न्यातले भक्तपुर सहर पस्नुअघि भक्तपुर वरिपरिका सुरक्षा चौकीहरू ध्वस्त पार्ने कार्यको नेतृत्व लिएका थिए।

लेखक : तेजनाथ दंगाल
बुकाचो गढी गोर्खालीहरूको नियन्त्रणमा आएपछि यस गढीमा गुप्त आश्रय स्थल ९द्यगलपभच० बनाइएको पाइयो। यस बंकरमा गोर्खाली सेनाले भक्तपुरको गतिविधिमाथि निगरानी गरेका थिए भन्ने कुरा त्यहाँका स्थानीयहरूलाई आफ्ना पूर्वजरूले बताएको भन्ने कुरा बुझियो। यस गढीको रेखदेख गर्ने जिम्मेवारी विशेषगरी सरदार रामकृष्ण कुँवरले पाएका थिए भने युद्धको तयारी लगायत सैन्य बन्दोबस्ती केहरसिंह बस्न्यातले गरेका रहेछन् भन्ने कुरा बुझिन्छ। धेरै जना स्थानीयहरुले सुनेअनुसार पृथ्वीनारायण शाहले आशा पुरेश्वरको दर्शन गरी यस गढीमा बसेर युद्ध रणनीति बनाएका थिए भन्ने पाइयो। काठमाडौँ उपत्यका पूर्णरूपमा विजय गरी गोरखालीहरू पूर्वतर्फ लागेपछि यो गढीको महत्त्व घटेर गएकोले यो गढी जङ्गलले घेरेर निर्जन बन्न पुग्यो। हाल आएर यस गढीको उत्थानको लागि स्थानीय नगरपालिका पुरातत्व विभाग र नेपाली सेनाले कार्य गर्दै आएको पाइयो।
बुकाचो गढीबाट पश्चिमतर्फ सूर्यविनायक नगरपालिका वडा नं ७ मा रहेको रानीकोट पनि सैन्य रणनीतिका दृष्टिले महत्त्वपूर्ण रहेको देखियो। रानीकोट सूर्यविनायक नगरपालिकाको घ्याम्पे डाडाको शिखरमा रहेको छ । यो कोट कसले बनायो भन्ने सन्दर्भमा कुनै शिलालेख पाइँदैन । त्यस समयमा थिमिको नेपालको इतिहासमा विशेष स्थान छ । थिमि छुट्टै स्वतन्त्र राज्य थिएन तर भक्तपुरको एक अत्यन्त महत्वपूर्ण शक्तिशाली प्रशासनिक एकाइ थियो ।त्यस समयमा थिमीलाई दोस्रो राजधानी मानिन्थ्यो । त्यस समयको शासनमा गङ्गा रानीको निकै प्रभाव थियो । वंशावलीमा उल्लेख भए अनुसार गङ्गा रानीको जन्म थिमिमा भएको थियो । अहिले पनि त्यहाँ एउटा घरलाई ुगङ्गा रानीको माइती घरु भनेर सम्मान गरिन्छ ।
भक्तपुरका राजा विश्व मल्लको विक्रम सम्बत १६१७ मा देहान्त भएपछि गङ्गा रानीले छोरा त्रैलोक्य मल्लसँग मिलेर शासन चलाएकी थिइन ।इतिहासमा उनलाई निकै शक्तिशाली र प्रभावशाली रानीको रुपमा लिइन्छ । इतिहास शिरोमणि बाबुराम आचार्य र धनवज्र बज्राचार्यले गङ्गा रानीलाई भक्तपुर राज्यकी एक शक्तिशाली रानीको रुपमा लिएका छन् । रानीकोटमा उनले दरबार नै बनाएको भन्ने कुनै शिलालेख नपाइए तापनि उनले त्यहाँ एउटा विश्राम गृह वा गढीको जग बसालेको कुरा सुन्न पाइन्छ । यी कुराहरू तत्कालीन समयमा स्थानीयहरूले लेखेको वंशावलीमा छ भनिन्छ तर प्राप्त हुन सकेन ।


भाषा वंशावलीहरूमा गङ्गा रानीले भक्तपुर राज्यको सुरक्षा र मनोरञ्जनका लागि अग्ला डाडाहरूमा संरचना बनाएको कुरा उल्लेख छ । थिमिका स्थानीय इतिहासकारहरूका अनुसार त्यहाँ गङ्गा रानीले नै कोट बनाएकोले रानीकोट भनिएको हो भन्ने धाराणा छ । यस अनुसार त्यहाँ गङ्गा रानीले प्राथमिक संरचना बनाएको र पछि मल्ल राजाहरूले सैन्य चौकीको रुपमा विकास गरेको भन्ने भनाइ छ । भक्तपुर र थिमिमा यसलाई गङ्गा रानीको गृष्मकालीन आवास गृह र सुरक्षा चौकी हो भन्ने कुरामा जोड दिइन्छ । गङ्गा रानीकै नाति त्रैलोक्य मल्लका छोरा जगज्योति मल्लको पालामा भक्तपुरमा सुरक्षा चौकी र सैन्य विस्तारको कार्य व्यापक रुपमा गरिएको थियो । जगज्योति मल्लको समयसम्ममा यो स्थान पूर्ण रुपमा सैन्य चौकीको रुपमा परिणत भइ सकेको थियो भन्ने कुरा अध्ययनले देखाउँछ ।यसै सन्दर्भमा भक्तपुरमा अर्की प्रभावशाली रानी भूपतिन्द्र मल्लकी रानी रणजित मल्लकी आमा विश्वलक्ष्मीले शासनमा प्रभाव जमाएकी थिइन्। उनले बनाइन कि भन्ने अनुमान बाहेक कुनै आधार पाउन सकिंदैन।
सन् १७६३ अक्टोबर २३ मा सात गाउँको युद्धमा रानीकोट गोर्खालीहरूले विजय गरेपछि पृथ्वीनारायण शाहले यस कोटलाई एउटा बलियो गढीको रुपमा रूपान्तरण गरे। रानीकोट गढी समुद्र सतहबाट लगभग २००० मि।को उचाइमा रहेको छ । यहाँबाट गणेश हिमाल, गौरीशंकर हिमाल लगायत पूर्वतर्फका धेरै हिमालहरू देख्न सकिन्छ । रानीकोट पहाडको अग्लो थुम्कोमा रहेको हुनाले यहाँबाट ललितपुर काठमाडौँ भक्तपुरलाई चारैतिरबाट घुमेर निरीक्षण गर्न सकिन्छ। यो काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्दछ। भौगोलिक रुपमा यो स्थान अत्यन्तै दुर्गम र भिरालो भए तापनि यसको शिर भाग समथर भएको हुनाले यही शिर भागमा कोट वा गढी बनाइएको थियो। विक्रम सम्वत १८२० असोज महिनाको लडाई जुन समयमा सातगाउँ विजय गरेकोले सातगाउँको युद्ध पनि भनिएको हो। यसै समयमा यो रानीकोट गढी गोर्खालीहरूको हात परेको हो। रानीकोट गढीको रेखदेख र सैन्य परिचालन गर्ने जिम्मेवारी सरदार रामकृष्ण कुँवर र केहरसिंह बस्नेतले पाएका थिए । यो गढी विशेषगरी काठमाडौँ ललितपुरतर्फ आउने जाने पदमार्गहरूमा निगरानी राख्न उपयुक्त भएकोले यहाँबाट निरन्तर रुपमा तिनैवटा राज्यमा निगरानी गर्नका लागि परिनिरीक्षण चौकी
बनाइएको पाइन्छ ।

काभ्रेपलाञ्चोक ललितपुर काठमाडौँ भक्तपुर सहर आउने मार्ग भएकोले यहाँ भन्सार चौकी थियो भन्ने कुरा केही संवादबाट बुझियो। तर यस सम्बन्धमा ऐतिहासिक अभिलेख हाललाई प्राप्त गर्न सकिएन। रानीकोट र बुकाचो गढीको उचाइ श्रेणी निरीक्षण गर्दा उपत्यकालाई एउटा वृत्तको रुपमा देख्न सकिने भएकोले यस गढीलाई नेपाल एकीकरणको समयमा पूर्ण रुपमा प्रयोगमा ल्याइएको बुझिन्छ।
रानीकोट प्रमुख विशेषता भनेको काठमाडौँ ललितपुर भक्तपुर तिनै शहरमा हुने सैन्य चहलपहल देख्न सकिने र अग्लो स्थानमा भएकोले शत्रुको आगमन टाढैबाट देख्न सकिन्थ्यो। यस गढीको अर्को विशेषता के देखियो भने गढीको वरिपरि भिरालो जमिन र घना जंगल रहेको हुनाले शत्रुले अचानक आक्रमण गर्न कठिन थियो । यस स्थानको अवलोकन गर्दा गोर्खालीहरूले ढुङ्गाका पर्खाल र द्यगलपभच बनाएर आफ्नो रक्षाको बलियो बन्दोवस्त गरेको देखिन्छ।
यहाँको बारेमा सोधखोज गर्दा त्यस समयमा सूचना पुर्‍याउन धुवाँ र शङ्खको प्रयोग गरिन्थ्यो भन्ने लोकधारणा छ। रानीकोटबाट बुकाचो,पनौती र धुलिखेलका गढीहरूमा सञ्चार सम्पर्क गर्न सहज देखिने भौगोलिक बनावट छ भने अर्कोतर्फ ललितपुर र काठमाडौँबाट भक्तपुर आउने सम्पूर्ण सामग्री र संचार यस स्थानबाट रोकिएका थिए। हाल रानीकोट गढीमा ईटा,ढुङ्गा र अवशेषका सामग्रीहरु देख्न सकिन्छ । यी सामग्रीहरू रहेको स्थानको भौगोलिक अवस्थिति हेर्दा यसको सतहमा दरबार रहेको सहज अनुमान गर्न सकिन्छ ।


हाल बुकाचो गढी र रानीकोट गढीको सम्बन्धमा पुरातत्त्व विभाग र स्थानीय तहको सरकारले अनुसन्धान कार्य गरिरहेकोले यसका सम्बन्धमा अरु तथ्यहरू यी निकायहरूको अनुसन्धान पछि आउँछ भन्ने विश्वास छ । रानीकोट गढी जङ्गलले घेरिएको अग्लो स्थानमा रहेकोले विशेष महत्व छ ।
बुकाचोक र रानीकोटगढी आसपासमा थुप्रै धार्मिक स्थलहरू रहेका छन्। रानीकोट गढीबाट लगभग २ किमी उत्तरपूर्वमा डोलेश्वर महादेव र केदारनाथको शिर आशापुरी, दक्षिण पश्चिम अनन्तलिङ्गेश्वर महादेव, पश्चिममा सूर्यविनायक गणेश मन्दिर र दक्षिणमा फूलचोकी मन्दिर रहेको छ । यस नजिकै बाघ आकारको भैरवको प्रस्तरमूर्ति रहेको छ जसलाई बाघ भैरव भनिन्छ । रानीकोटबाट नजिकै पाइलट बाबा आश्रम लगायत चर्चित घ्याम्पे डाँडो समेत रहेको छ।
यी दुई गढीहरूको अध्ययन गर्दा एकीकरण कालमा जति महत्व रहेको छ वर्तमान समयमा पनि त्यति नै महत्व छ । काठमाडौं उपत्यकाको दक्षिणी किनारी क्षेत्रमा अग्लो स्थानमा रहेकोले रणनीतिका दृष्टिकोणबाट उति नै सामरिक महत्व रहेको देखिन्छ । अर्को तर्फबाट हेर्दा वर्तमान समयमा पदमार्ग९ज्ष्पष्लन० गर्न र स्वच्छ हावा लिन तथा घुम्नको लागि उपयुक्त छ । यहाँ पर्यटनको विकास गर्न सके यहाँको विकासको सम्भावना र जनजीवनमा आर्थिक प्रगतिका द्वारहरू खुल्न सक्ने प्रसस्त आधारहरू देखिन्छन् ।


धेरै पढिएको